Logo

१४ लाख भारु सुरुवाति मूल्यमा नै नेक्सन इभी सार्वजनिक, कति पर्ला नेपालमा

काठमाडौं – टाटा मोटर्सले आफ्नो चर्चित इलेक्ट्रीक एसयूभी ‘नेक्शन इभी’ आज भारतमा एक विशेष कार्यक्रम गरेर बिक्री सुरु गरेकाे छ । कम्पनीले यसअघि नै १७ जनवरीमा मिडियाको माझ यसलाई सार्वजनिक गरेको थियो ।

कम्बस्चन इन्जिनयुक्त नेक्सनकै धेरै फिचर प्रयोग भएको यस इलेक्ट्रीक कारलाई कम्पनीले तीन भेरियन्टमा बजारमा ल्याउने घोषण गरेको छ । जसमा एक्सएम, एक्सजेड प्लास र एक्सजेड प्लस लग्जरी रहेको छ ।

नेक्सन इभीको एक्सएमको मूल्य १३ लाख ९९ हजार , एक्सजेड प्लासको १४ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरीको मूल्य १५ लाख ९९ हजार रहेको छ । यो कारको ८ वर्ष तथा १ लाख ६० हजार किलोमिटरको व्याट्रीमा वारेन्टी प्रदान गरेको छ ।

भारतकाे मूल्य अनुसार अनुमान गर्ने हाे भने करिब ३३ लाख नेपाली रुपैयाँमा यसलाई नेपालमा पाउन सकिने अनुमान गरिएकाे छ ।

जिपट्रोन टेक्नोलोजीमा आधारित यो एसयूभीले फुलचार्जमा झन्डै ३०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ भने यसमा ३०.२ किलोवाट आवरको हाइइनर्जी डेनसिटी लिथियम आयान ब्याट्री सेल दिइएको छ । यसको मोटरमा लिक्वीड कुल्ड सिस्टम प्रदान गरिएको छ ।

यसमा रहेको व्याट्री चार्ज गर्न घरायसी चार्जरबाट ८ घण्टा लाग्छ भने डिसी फार्स्ट चार्जरबाट चार्जगर्दा ६० मिनेटमा ८० प्रतिशत चार्जगर्न सकिन्छ । यसमा दिइएको व्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी दिने कम्पनीले घोषणा गरेको छ ।

यसमा रहेको ३०.२ किलोवाट आवरको व्याट्री प्याकले ९.९ सेकेन्डमा १०० किलोमिटरको स्पिड पक्रिन सक्छ । जसले पावर १२९ पिएस तथा २४५ एनएम टर्क जेनेरेट गर्दछ । यसका स्मार्ट हिल-अप तथा हिल-डिसेन्ड असिस्ट दिएको छ । टाटाले पहिलो पटक यस कारमा सनरुफ पनि राखेको छ। यसमा अटोमेटिक हेडलाइट तथा वाईपर पनि रहेको छ ।

नयाँ ३५ प्रकारको कनेक्टेड फिचर रहेको यो कारलाई टाढाबाटै कन्ट्रोल गर्न सकिनेछ । स्मार्ट फोनको यापको माध्यमबाटै कारको स्क्यान समेत गर्न सकिने कम्पनीले जनाएको छ । जसको सहायताले कारको व्याट्री तथा मोटरका साथै अन्य टेक्नीकल पार्टसको स्टाटस थाहा पाउन सक्नेछ ।

यो एसयूभी अहिलेसम्मकै सबैभन्दा धेरै ग्राउन्ड क्लियरेन्स भएको इलेक्ट्रिक एसयूभी बन्ने बाटोमा रहेको छ । २०५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स यसमा पाउन सकिन्छ । भोलिबाट भारतमा बिक्री सुरु हुने यसलाई २०२० को पहिलो क्वाटरबाट बिक्री गर्ने जनाइएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै हाइ स्ट्रेन्थ स्टिल र बोस्टले ब्याट्रीलाई ढाकिएको छ जुन वाटर तथा डस्ट प्रुफ रहेको छ । भने टाटाको एसयूभीमा पहिलोपटक इलेक्ट्रीक सनरुफसमेत दिइएको छ ।

कलरकाे कुरा गर्दा ग्लेसियर ह्वाइट, सिग्नेचर व्लु तथा मुनलाईट सिल्भरमा टाटा नेक्सन इभी उपलब्ध रहनेछ ।

एआरएआई अनुसार ३१२ किलोमिटर रेञ्ज

कम्पनीले ३०० किलोमिटर रेञ्ज दाबी गरेको नेक्सन इभीमा एआरएआई (अटोमोटीभ रिसर्च एसोसिएसन अफ इन्डिया) ले गरेको परिक्षणमा कम्पनीले दाबी गरेभन्दा १२ किलोमिटर बढी रेञ्ज दिने प्रमाणित भएको छ । एआरएआईका अनुसार नेक्सन इभीले एकपटकको फुलचार्जमा ३१२ किलोमिटर रेञ्ज प्रदान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्