Logo

खुशीको खबर: अब चन्द्रागिरी केवलकार चढ्न यो दिन पैसा नलाग्ने

काठमाडौं – चन्द्रागिरि केवलकारले आन्तरिक तथा बाह्य पर्यटकलाई प्रर्वद्धन गर्न विशेष अफर ल्याएको छ । पर्यटकलाई आकर्षण गर्न चन्द्रागिरीले जन्मदिनको अवसरमा निशुल्क केवलकार सेवा प्रदान गर्ने भएको छ।

जन्मदिनको अवसरमा चन्द्रागिरि भ्रमणमा प्रोत्साहन गर्ने र जन्मदिनलाई विशेष बनाउने उद्देश्यले यस्तो योजना ल्याइएको जनाएको छ । ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ । योजना अन्र्तगतको सेवा लिन पर्यटकले जन्म दिनखुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने कम्पनीले जनाएको छ ।

पाटाको नाइस कार्यक्रम स¥यो

चीनमा देखापरेको कोरना भाइरसका कारण पर्यटन क्षेत्रमा पर्नसक्ने सम्भावित असरलाई मध्यनजर गर्दै प्यासिफिक एशिया ट्राभल एशोसिएसन ९पाटा० नेपाल च्याप्टरले आयोजना गर्न लागेको नेपाल इण्डिया चाइना एक्सपो ९नाइस० कार्यक्रम सरेको छ ।

पाटा नेपालले नेपाल भ्रमण वर्ष २०२० सँगको सहकार्य तथा समन्वयमा फेब्रुअरी २२ देखि २५ सम्म नाइस कार्यक्रम आयोजना गर्ने तयारी भएको थियो । कोरोना भाइरसका कारण चीनबाट आमन्त्रित अतिथि तथा प्रतिनिधिको सहजरुपमा सहभागिता जनाउने अवस्था नरहेकाले कार्यक्रमलाई यसै वर्ष आयोजना गर्नेगरी तत्कालका लागि पछि सारिएको पाटा नेपालले आज विज्ञप्तिमार्फत जनाएको छ ।

छिमेकी मुलुक चीनमा फैलिरहेको कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा हुनसक्ने सम्भावित असरलाई नजिकबाट अनुगमन गरिरहेको र परिस्थिति सहज भएपश्चात् नाइस कार्यक्रमका लागि उपयुक्त मिति तय गरिने पाटा नेपालका अध्यक्ष विभूतिचन्द ठाकुरले बताउनुभयो । उहाँले सम्पूर्ण आमन्त्रित पाहुना, सहभागी तथा सरोकारवालालाई संस्थाद्वारा सम्प्रेषण गरिने अर्को सूचना प्रतिक्षाका लागि अनुरोध गर्नुभएको छ ।

पाटा नेपालको यही माघ १३ गते भएको कार्यसमितिको बैठकले कोरोना भाइरसका कारण उत्पन्न सङ्कटपूर्ण अवस्थामा आमन्त्रित प्रतिनिधिको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै पूर्वसावधानीस्वरुप सो निणर्य गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल भ्रमण वर्षका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले नाइस एक्सपोे विशेष महत्वपूर्ण कार्यक्रम भएको र यसले नेपालको पर्यटन प्रवद्र्धन विकासमा उल्लेख्य योगदान पुग्ने बताउनुभयो । भ्रमण वर्षलाई सफल बनाउन संयुक्तरुपमा आयोजना गरिने कार्यक्रममा पाटालाई आवश्यक सहयोग र सहकार्य गरिने उहाँले उल्लेख गर्नुभयो ।

पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले एक्सपोमा १२० क्रेता र ५० बिक्रेताले सहभागी जनाउने निश्चित भएसँगै आवश्यक तयारी पूरा भए पनि वर्तमान समय एक्सपो आयोजनाका लागि उपयुक्त नरहेको बताउनुभयो । उहाँले सम्पूर्ण पर्यटन व्यवसायी तथा सरोकारवाला एकजुट भएर कोरोना भाइरसका कारण पर्यटनमा हुन जाने सम्भाव्य असर तथा चुनौती समाधानका लागि सबैले सहकार्य र समन्वयमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्