अरुको कोख भाडामा लिएर बच्चा जन्माउने यी ५ बलिउड सेलिब्रेटी !


बलिउडका थुप्रै सेलिब्रेटी सेरोगेसीमार्फत आमाबुबा बनेका छन् । कोख भाडामा लिएर बच्चा जन्माउने विधिलाई सेरोगेसी भनिन्छ । कोही बिहे नगरी अभिभावक बनेका छन् भने कतिपय जोडीले यस विधिबाट सन्तानसुख प्राप्त गरेका छन् । यो खबर सम्पूर्ण साप्ताहिकमा प्रकाशित छ ।

शाहरुख खान– अभिनेता शाहरुख खानका तीन सन्तान छन्, दुई छोरा र एक छोरी । उनको कान्छो छोरा अबराम सरोगेसीबाट जन्मिइको हो । उनी जन्मिदा शाहरुखकी श्रीमती गौरी खान ४० वर्ष नाघिसेकेकी थिइन् । यस उमेरमा गर्भधारण गर्नु जोखिमपूर्ण रहेकाले यस जोडीले सरोगेसीको सहारा लियो

सनी लियोनी– अभिनेत्री सन्नी लियोनी छोरी निशा कौरलाई धर्मपुत्री बनाएको आठ महिनापछि सरोगेसीबाट जुम्ल्याहा सन्तानकी आमा बनेकी थिइन् । यस विधिबाट उनका दुई छोरा जन्मिएका छन् ।

तुषार कपुर– अभिनेता तुषार कपुरले बिहे गरेका छैनन् । तर, सन् २०१६ मा उनी एक छोराका बुबा बनेका छन् । सरोगेसीबाट उनको छारा लक्ष्य जन्मेका हुन् ।

आमिर खान– अभिनेता आमिर खान र उनको दोस्री श्रीमती किरण खान रावले इन–भिट्री फर्टिलाइजेसन (आईभीएफ) सेरोगेसी विधिबाट छोरा आजाद राव खानलाई जन्माएका हुन् । किरणलाई गर्भधारण गर्न समस्या देखिएपछि आफूहरुले यस प्रविधिको सहारा लिएको आमिरले बताएका थिए । आमिरको पहिलो श्रीमती रीना दत्तबाट दुई सन्तान छन् ।

लिजा रे- अभिनेत्री लिजा रे गत वर्ष सरोगेसीबाट दुई छोरीकी आमा बनेकी छिन् । लिजालाई सन् २००९ मा ब्लड क्यान्सर देखिएको थियो । क्यान्सरका कारण गर्भधारण गर्न नसक्ने भएपछि उनी यस प्रविधिको सहारा लिएर आमा बनेकी छिन् ।