Logo

यी नै हुन् आफ्नै माइजुलाई भगाउने युवक !

चितवनकी माया नेपाली आफ्ना भान्जासँग भागेको उनका पति भिम नेपालीले आरोप लगाएका छन् । साउदीमा रहेका ४२ वर्षे भिम १२ वर्षपछि घर फर्किदा ४२ वर्षे पत्नि माया आफ्ना भान्जा भनिने सेते सार्की उर्फ संजय रोक्कासँग घरमा रहेको करिब ५ लाख नगद र गर गहना लिएर भागेको उनले आरोप लगाए ।

पति भिमका अनुसार पत्निले सबै सम्पत्ति एकमुष्ठ गर्दा करिब २० लाख नगद लिएर भागेको बताए । भिमका एक छोरी र दुई छोरा छन् । ति भान्जा भनिने ब्यक्ति सेते सार्की उर्फ संजय रोक्कासँग आफ्नै पत्नि भागेपछि पति मिडियामा आएर कानुनी कारवाही खोज्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्