Logo

एक महिलालाई जबर्जस्ति गरेपछि एसपी राणा जागिर गुम्यो !

यौन दुर्व्यवहारको आरोप लागेपछि गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ । संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई निलम्बन गरिएको हो साथै, गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ ।

यसअघि गत कात्तिकमा धरानकी एक महिला राणा विरुद्ध उजुरी लिएर गृह पुगेकी थिइन् । उनले गृहमन्त्री रामबहादुर थापा, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित बनेको दाबी गरेकी थिइन् । राणाले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्