Logo

चिनको चमत्कार: चीनले २ दिनमै बनायो ‘कोरोना भाइरस अस्पताल’ !

चीनले २ दिनमै कोरोना भाइरस प्रभावितको उपचारका लागि अस्पताल बनाएको छ । चीनको हुवाङगाङ सहरमा एक हजार शय्याको अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएको हो ।अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर रातारात अस्पताल बनाइएको हो।

यो अस्पताल बुधबार बिहान साढे १० बज पूर्ण रुपमा सञ्चालनमा आएको छ। अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीलाई सारिएको छ।यस अस्पतालले २ हजार ३ सय कोराना भाइरस संक्रमित बिरामीहरुको उपचार गर्ने लक्ष्य लिएको छ। कोरोना भाइरस संक्रमितहरुका लागि निर्माण गरिएको यो अस्पताल विश्वकै पहिलो हो।

यो अस्पताल ह्वाङगाङ केन्द्रीय अस्पतालको नयाँ शाखा अस्पताल हो। अस्पताल परिसरमा रहेको खाली भवनमा मेडिकल सेन्टर, शय्या थपेर२ दिनमै तयार गरिएको हो। मे महिनामा खुल्ने भनिएको यो अस्पताल कोरोना भाइरसको संक्रमण फैलिरहँदा रफ्तारमा खोलिएको हो।

शुक्रबारमात्रै स्थानीय निकायले उक्त भवनलाई कोरोना भाइरसको संक्रमितका लागि उपचारका निम्ति प्रयोग गर्न दिने निर्णय गरेको थियो। त्यसपछि शनिबारबाट काम सुरु गरिएको थियो। सोमबारसम्म स्वयंसेवकले सबै शय्याहरुको व्यवस्था गरिसकेका थिए। त्यसैगरी पानी, बिजुली, इन्टरनेटको सुविधा पनि थपियो।

५ सय भन्दा बढी कामदार तथा विभिन्न अत्याधुनिक उपरकरणको प्रयोग गरेर रातारात दुई दिनमा यो काम सम्पन्न गरिएको हो।ती सहरका सम्बन्धित अधिकारी भन्छन्,‘यो प्रोजेक्ट हामीले ४८ घण्टामा सम्पन्न गर्न सक्यौँ। यो सबैको हातेमालोले गर्दा सम्भव भएको हो।’कान्तिपुरले खबर लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्