Logo

व्लड क्यान्सर लागेको १३ बर्षे भाईलाई बचाए यि महान १७ बर्षे दाईले… !

व्लड क्यान्सर लागेको १३ बर्षे भाईलाई बचाए यि महान १७ बर्षे दाईले…कालिकोटका दुई भाईहरु नबिन गिरी र हेमराज गिरीको कथाले सबैको मन रुवाएको छ । सानैमा आमा बुवाको डिभोर्स भयो । आमाबुवाले नै अर्को बिहे गरे अनि बेग्लै घरबार जमाए । यता १३ बर्षका भाई हेमराज गिरीलाई एकसी व्लड क्यान्सर भयो ।

छोडेर गएका आमा बुवाले वास्ता गरेनन् । गाउँकै एक दाईको साहारामा भाईलाई उपचारका लागि १७ बर्षका दाई नबिन गिरीले भाईलाई काठमाडौं ल्याए । हेमराज गिरीलाई बचाउन बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने डाक्टरहरुले बताए । त्यसको लागि २५ लाख नजिकको उपचार खर्च लाग्ने पनि डाक्टरहरुले बताए ।

दाई नबिनले जसरी पनि आफ्नो भाईलाई बचाउँछु भन्ने कसम खाए र बिभिन्न युटुब मिडियामा मार्फत् सहयोगको अपिल गरेका थिए । बिस्तारै १ लाख दुइृ लाख सहयोग जुट्न थाल्यो, त्यसैबिच चर्चित कलाकार तथा सँचारकर्मी शिशिर भण्डारीले यि दुई भाईको भिडियो बनाए ।

शिशिरको युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट भिडियो आएसँगै यो कथा सारा नेपाली माँझ पुग्यो र भाईरल बन्यो । अन्तत लाग्ने उपचार खर्च जुटेर भाई हेमराजको बोनम्यारो ट्रान्सप्लान्ट पनि भयो ।

प्रतिक्रिया दिनुहोस्