आँचलको विवाह फागुनमा पक्का !
अभिनेत्री आँचल शर्माको विवाह हुने पक्का भएको छ । उनी प्रेमी उदिप श्रेष्ठसग बैवाहिक जीवनमा बाधिने भएकी छन् । उदिप र आँचल केही समय यतादेखि प्रेममा छन् । समय – समयमा उनीहरुले एक अर्काबीच भेटघाट गरेकाे तस्वीरहरु सामाजिक संजालमा पाेष्ट गर्दै आएका छन्।
आँचल र उदिपको विवाह फागुनमा हुने भएकाे छ । आँचलले शुक्रबार आफ्नो परिवारसँग हुनेवाला दुलही भन्दै केक काटेकी थिइन् । मिडियामा धेरै कलाकर्मीको प्रेम चर्चा चल्नु नौलो कुरा त हैन तरपनि, नायिका शर्माको अभिनेता पल शाह सँग नाम जोडेर लामो समयसम्म चर्चा चलेको थियो ।
हामी मिल्ने साथी मात्रै हो भनेर स्पष्टीकरण दिँदा दिँदा हैरान भएकी आँचलले अन्ततः प्रेमी उदीप श्रेष्ठ सँगको सम्बन्धलाई बाहिर ल्याएका थिइन् । स्रोतका अनुसार आँचल शर्मा र उदीप श्रेष्ठको विवाह फागुन महिनाको अन्तिममा हुने भएको छ । उदिप श्रेष्ठ पेशाले डाक्टर हुन् ।