Logo

कृष्ण र रुपाको फेरीयो जिवन, यति धेरै पैसा बोकेर आफुजस्तै पीडितलाई सहयोग गर्न बुटवल पुगे ? (भिडियो हेर्नुस्)

केही महिना अघि सम्म कृष्ण वली र रुपालाई सहयोग गर्न हजारौं नेपालीहरु एक भएका थिए । उनीहरुको घरमा थुप्रै नेपालीहरुको जमघट हुन्थ्यो । देशविदेशमा बस्ने नेपालीहरुले उनीहरुलाई आर्थिक सहयोग गरेका थिए । अहिले कृष्ण वली आफै हिड्न सक्ने भएका छन् । उनी आफु हिड्ने मात्र होइन अरुलाई सहयोग समेत गर्न सक्ने भएका छन् । यतिबेला कृष्ण वली र रुपा अरुलाई सहयोग गर्न बुटवल पुगेका छन् ।

वुटवलका एक युवा वैदेशिक रोजगारीका लागि बाहिर थिए । कामको शिलशिलामा रहेका बेलामा उनको शरिरमा समस्या आयो । शरिर झमझमाउने भएपछि उनी उपचारका लागि नेपाल आए । नेपाल आएपछि उनले चिकित्सकलाई देखाए । चिकित्सकले उनलाई क्यान्सर भएको बताए । तर उनीहरुको आर्थिक हैसियत त्यसको उपचार गर्न सक्ने थिएन । साउदीमा रहेका उनलाई कामको शिलशिलामा उहाँ नै समस्या देखिएको थियो ।

विदेशमा रोग पत्ता नलागेपछि उनी नेपालमा आएर उपचार गर्दा क्यान्सर भएको पत्ता लागेको हो । काठमाडौं स्थित अन्नपुर्ण न्युरो अस्पतालमा उपचारार्थ उनी पैसा नभएपछि फेरी घर फर्किए ।

पैसा नभएकै कारण अस्पतालवाट उनी घर फर्केका थिए । उनको दुईवटा खुट्टा चल्दैनन् । श्रीमती २० वर्षकी छन् । उनीहरुको एउटा सन्तान छ । श्रीमानको यस्तो अवस्था भएपछि उनको श्रीमतीको आँखा ओभाएका छैनन् ।

उपचार गर्दा धेरै ऋण लागिसक्यो । त्यो पनि तिर्न नसक्ने अवस्थाका उनीहरुलाई थप उपचार गर्न नसक्ने भएपछि त्यसै घर बस्न थालेका थिए । एक जना नेपाली जो भारतमा बस्थे । उनी टिकारामले नै यि युवाका लागि उपचार खर्च जुटाउन आर्थिक संकलनको अभियान सुरु गरेका छन् । ति उनै टिकाराम हुन् जसले कृष्ण वलीका लागि पनि सहयोग जुटाएका थिए । थप जानकारीको लागि हेर्नुस :

प्रतिक्रिया दिनुहोस्