Logo

बिहे गर्दै नेपाल आईडलका रवि ओड !

चर्चित गायन रियालिटि शो नेपाल आइडलको दोस्रो संस्करण विजेता रवि ओडको नयाँ गीतहरु बजारमा आउने क्रम जारिरहेको छ । नयाँ गीत र मेला महोत्सवहरुमा व्यस्त रहेका गायक ओडले विवाह गर्ने तयारीमा रहेको एक अन्तर्वार्तामा बताएका छन् ।

कन्चनपुर जिल्लाकाे कृष्णपुर नगरपालीका गुलरियामा बुवा राजेन्द्र अाेड र अामा उमा अाेडकाे काेखबाट २०५४ साल चैत्र महिनामा जन्मिएका रवि अामा बुवाकाे तेस्राे सन्तान हुन । मुख्य अायश्राेत र राेजिराेटिकाे अाधार भारतकाे ‘वाचम्यान’काे जिन्दगी बाँचिरहेका उनका बाज्या र बुवाले अछामबाट बसाइ सरेर कंचनपुर गएका थिए ।

उनकाे पुर्ख्याैली थलाे साविककाे अछाम बुढाकाेट गाविस हाे भने हाल साँफेबगर नगरपालीकामा पर्दछ । बाज्या र बुबाले अछाम छाेडेर कन्चनपुर गएपछि उतै जन्मिएका उनि अछाम पुगेका छैनन तर उनि भित्र अाफ्नाे पुर्ख्याैली थलाेमा पुग्ने अधुराे रहर भनै अझै जिवितै छ । लाेटस अाइ स्कुलमा १२ मा अध्यनरत रविलाइ संगितकाे रसले छाेइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्