Logo

बुवाको कि’रिया बसे दुई छोरी ‘इशु र एलिसा’, छोरी पनि कम छैन्न भन्नेले शेयर गरौ !

छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई यहाँका दुई दिदी–बहिनीले तोडेका छन् । दिवंगत बुवाको किरियापुत्री बस्दै उनीहरूले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएका हुन् ।शनिबार नि’धन भएका शारदा नगरपालिका–२ का व्यवसायी नरेश श्रेष्ठकी दुई छोरीले का’जकिरिया गरिरहेका छन् ।

उद्योग वाणिज्य संघका सल्लाहकार श्रेष्ठको निध’नपछि उनकी छोरीहरू २३ वर्षीया एलिसा र २० वर्षीया इशु किरियामा बसेका हुन् । ४८ वर्षीय अगुवा व्यवसायी श्रेष्ठको श्वासनलीमा खाना अड्कि’एर शनिबार निध’न भएको थियो । बुवाले हामीलाई छोरासरह माया गरेर हुर्काउनु भयो, त्यसैले छोरासरहकै जिम्मेवारी पूरा गर्न किरिया सुरु गरेका हौं ।’ बाबुको कि’रिया गर्न पाउँदा गर्व लागेको उनको भनाइ छ ।

श्रेष्ठको निध’नपछि करिब १ सय महिला अन्तिम संस्कारका लागि घा’टसम्म पुगेका थिए । आमासँगै दुई छोरीले धार्मिक विधिअनुसार किरिया गरिरहेका छन् । दुवैले घा’टमै पुगेर बाबुलाइ दागब’त्ती दिएका थिए । रुढीबादी र गलत संस्कार तोड्दै आफूहरूले बाबुको किरिया गरिरहेको एलिसाले बताइन् ।

‘छोरीले बाबुको मला’मी जानु हुँदैन र कि’रिया गर्नु हुँदैन भन्ने गलत मान्यता हो,’ उनले भनिन्, ‘उहाँका सन्तान बहिनी र म मात्र हौं, बुवाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै किरिया बस्ने निर्णय गरेका हौं ।’ सुरुका केही दिन आफन्त र छिमेकीले असहज माने पनि अहिले प्रशंशा गरिरहेका उनले बताइन् ।

बुवाको किरिया गरेर आफूहरूले पितृसत्तात्मक समाजलाई चुनौती दिएको इशुले बताइन् । ‘बाबुआमाका लागि सन्तान सधैं बराबर हुन्छन्,’ उनले भनिन्, ‘बुवाले हामीलाई छोरासरह माया गरेर हुर्काउनु भयो, त्यसैले छोरासरहकै जिम्मेवारी पूरा गर्न किरि’या सुरु गरेका हौं ।’

बाबुको कि’रिया गर्न पाउँदा गर्व लागेको उनको भनाइ छ । कि’रिया गरेर छोरीहरूले पुरुषसरह नारीले पनि कर्तव्य निर्वाह गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको मृतककी पत्नी सुनिता श्रेष्ठले बताइन् ।

छोरीसँगै कि’रिया बस्दा आत्मसन्तुष्टी मिलेको उनी बताउँछिन् । ‘मनमा जति पी’डा भए पनि छोरीहरूले सबै धार्मिक संस्कार विधिपूर्वक गरिरहेका छन्,’ उनले भनिन्, ‘छोरीहरूलाई नमूना र उदाहरणीय बनाउने उहाँको पनि सपना थियो, छोरीले पनि किरिया गर्ने आँट देखाएपछि शो’कलाई शक्तिमा बदल्ने साहस मिलेको छ ।

धर्मग्रन्थमा कि’रिया छोराले नै गर्नुपर्छ भन्ने उल्लेख नभए पनि लामो समयदेखि चलिआएको स्थानीय पुरोहित छविप्रसाद उपाध्यायले बताए । ‘छोरा र छोरी जो भए पनि सन्तानले किरिया गर्दा मृत’कको स्वर्गमा बास हुन्छ,’ उनले भने, ‘कतिपय संस्कार रुढीबादी र धर्मविरोधी छन्, ती संस्कार बिस्तारै सुधार्न आवश्यक छ ।’

खलंगा आसपासका क्षेत्रमा छोरीले बाबुलाई दाग’बत्ती दिएर कि’रिया गरेको यो पहिलो घ’टना भएको उनले बताए ।

छोरीले बाबुको किरिया गरे पनि रु’ढिबादी संस्कारअनुसार मृ\तकलाई भार नपर्ने उनको भनाइ छ ।बाबुको मृ’त्युपछि छोरीले काजकिरिया गरेर उदाहरणीय काम गरेको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । ‘दुबैले गलत संस्कार तोड्ने साहस गरेका छन्,’ उनले भने, ‘मनमा पीडा भए पनि उनीहरूले साहस गरेर दागबत्ती दिए । यो खबर बिप्लप महर्जनले कान्तिपुर दैनिकमा लेखेका छन् !

प्रतिक्रिया दिनुहोस्