Logo

भाग्य न्यौपानेलाई फसाउन खोज्ने यी युवती को हुन् ?

युट्युबमा अन्तर्वार्ता लिएर चर्चामा आउने सेलिब्रेटी कमै छन् । पछिल्लो समय भाग्य न्यौपानेको भाग्य भने युट्युबले नै चम्काइदिएको छ । गाउँगाउँ पुगेर लिएका उनका अन्तर्वार्तालाई लाखौँ दर्शकले युट्युबमा हेर्ने गरेका छन् । समस्यामा परेका तर हाइलाइटमा नपरेका समाचारलाई फरक ढंगले प्रस्तुत गर्ने भाग्यले युट्यबकै लागि भनेर रातदिन समय दिइरहेका छन् ।

केही वर्षयता नाम र दाम दुवै कमाएका भाग्य पछिल्लो समय समाजसेवामा पनि जोडिएका छन् । जसकारण भाग्यका फ्यान दिनानुदिन बढ्दै गएका छन् । तर पछिल्लो दिनमा भाग्यको नाम जोडेर केहीँ भिडियो बाहिँर आएको छ ।

एक युवतीले फेसबुक लाईभमा आफ्नो अनुहार फुटाउदै भाग्यको नाम लिएको भिडियो भाईरल भएको छ । ति युवतीले आज मेरो अन्तिम दिन हो भाग्य न्यौपाने तपाई दमक आउनु पर्र्यो भनेकि छिन् । यो भिडियोले भाग्यमा भावुक बनेका छन् । उनले आफ्नो च्यानल मार्फत ती युवती सँग सम्पर्कमा रहेका एक युवक सँग कुराकानीको भिडियो समेत हालेका छन । उनले आफुलाई फसाउन खोजिएको हुन सक्ने संकेत समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्