Logo

५० करोड उठाउन गौतमबुद्ध क्रिकेट रङ्गशालामा महापुराण सुरु……(हेर्नुस भिडियो)

भरतपुर चितवनमा जनस्तरबाट निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशालाको लागि सहयोगार्थ रकम संकलन गर्ने उदेश्यले लगाइएको महापुराण आजबाट सुरु भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोगार्थ श्रीमद भागवत महा पुराण सुरु भएको छ । आज (माघ १९) देखि २६ गतेसम्म प्रवीण पं . दीनबन्धु पोखरेलले श्रीमद भागवत महा पुराण वाचन गर्ने छन् । साथमा यो अनुष्ठान आध्यात्मिक धनधान्यचल महोत्सवको रूपमा आयोजना गरिँदै छ ।

महापुराणको सुरु भएको र भक्त जनको सहभागिता उल्लासमय रहेको धुर्मुस सुन्तली फाउन्डेसनकी कुन्जना घिमिरे (सुन्तली)ले जानकारी दिएकी छिन् । धर्म, जात, भाषा, सम्प्रदाय र क्षेत्रीय भावनाभन्दा माथि उठेर एउटा देशको गौरव आयोजनामा सहयोग गर्ने उद्देश्यले यस धार्मिक महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ ।

धनधान्य चलको माध्यमबाट एकमुष्ट सहयोग सङ्कलन गरी निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सम्पन्न गर्न हातेमालोका लागि आयोजकले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्