Logo

हे भगवान : काठमाडौँमा बसले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरी घाइते !

काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवन पानीट्यांकीस्थित बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने १ जना घाइते भएकी छन्।

बनस्थली र बालाजुको बीचमा बा ८५ प १४९३ नम्बरको स्कुटरलाई कान्तिपुर यातायातको बा १ ख ६६४५ नम्बरको गाडीले ठक्कर दिंदा स्कुटीमा सवार धादिङ धारखाकी ४० वर्षीया लिलाकुमारी घलेको मृत्यु भएको हो।

उनकी छोरी २५ वर्षीया शर्मिला घले घाइते भएकी छन्। उनको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्