जानी राखौ – आइतबार जन्मेका मानिसहरुको स्वभाव यस्तो हुन्छ ! सेयर गरौ
मानिसको चालचलन, व्यवहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गर्ने गरेको ज्योतिषशास्त्रमा भनिएको छ । को मान्छे कुन बार तथा कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरूले बताउँदै आएका छन् । आइतबार जन्मने मानिसहरु भाग्यमानी हुन्छन् ।
यी मानिसहरु निकै संवेदनशील हुने भएकाले कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहने खालका हुन्छन् । अरुलाई सहयोग गर्न सधैँ तयार रहेपनि चाँडै झनक्क रिसाउने बानीले सहयोग गर्ने व्यक्तिहरु पनि रिसाउने गर्दा यस्ता व्यक्तिहरूको निकै कम साथीहरू हुने गर्छन् ।
कम साथीहरूमा पनि साँचो मिल्ने मित्र २–३ जना मात्र हुने गर्छ । तर, यी व्यक्तिहरूले आफ्नो सम्बन्धलाई सम्मान गर्ने भएको कारणले नजिकका मानिसहरू तपाईंको झनक्क रिसाउने बानी भइकन पनि साथ छोड्ने गर्दैनन् ।
आइतबार जन्मेका जन्मेका व्यक्तिहरू सकारात्मक सोचका मालिक हुन्छन् र यिनीहरूलाई सजिलैसँग विश्वास गर्न सकिन्छ । यस्ता व्यक्तिहरूले चाँडै नै मानिसहरूलाई विश्वास गर्ने भएका कारणले प्रतिफल भोग्नु पर्ने हुन्छ । कनै पनि कुरामा सम्झौता नगर्ने भएका कारणले यस्ता व्यक्तिहरू पैसावाल हुनुका साथै आफ्नो बलबुँतामा नै पैसा कमाउने कोशिश गरिरहेका हुन्छन् ।
रूपरंगमा पनि राम्रो हुने र सौन्दर्यलाई मन पराउने भएकाले धेरै जसो आइतबार जन्मेका व्यक्तिहरूले प्रेम विवाह गर्ने गर्दछन् । उनीहरूको वैवाहिक जीवन पनि सुखमय हुने गर्दछ ।
यस्ता व्यक्तिहरूमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा रुचि बढ्ने गर्छ । उक्त बार जन्मने व्यक्तिको आयु पनि लामो हुने गर्छ । उनीहरूले घर परिवारलाई खुसी राख्नका लागि निकै प्रयास गरिरेहेका हुन्छन् ।