Logo

आज सोमबारको दिन भगवान सिवजीको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल ।

मेष – सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ।

बृष – मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ।

मिथुन – आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला।

कर्कट – आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।

सिंह – व्यापारमा पनि फाइदै हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। तर अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। बाध्यतामा अलमलिनुपर्ला। श्रम परे पनि उचित मूल्य नपाइने परिस्थिति देखिन्छ।

कन्या – सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ।

तुला – तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ।

बृश्चिक – भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ।

धनु – अप्ठ्यारो पर्दा सहयोगीहरूले समेत साथ नदिन सक्छन्। प्रतिस्पर्धाको दौडमा आफूलाई कमजोर पार्नेहरू सक्रिय रहनेछन्। काम बिग्रने भयले सताए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। अरूको विश्वास जित्न समय लागे पनि दिगो काम हातलागी हुने समय छ।

मकर – गुरुजनको सुझाव र सन्तानको सहयोग आजलाई विशेष लाभदायी बन्नेछ। व्यावहारिक अलमलले बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ। समय लागे पनि रोकिएका काम प्रारम्भ गर्ने मौका छ। तारिफयोग्य कामले अरूको समेत उपकार गर्न सकिनेछ।

कुम्भ – कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्यानपर्ला।

मीन – परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला। कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ।

प्रतिक्रिया दिनुहोस्