Logo

डाक्टर ८ घण्टासम्म नआएपछि ८ वर्षीया बालिकाकाे अकालमै मारिन !

८ घण्टासम्म डाक्टर चे’कजाँच गर्न नआएपछि एक बालिकाको मृ’त्यु भएको छ । उपचारका लागि भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा पुर्‍याइएकी ८ वर्षीया बालिकाको उपचारको अभावमा ज्यान गएको हो । कपिल वस्तुको बाणगंगा नगरपालिका-२ बैजलपुरकी आठ वर्षिया सुविका थापामगरलाई शुक्रबार राति १२ बजे मेडिकल कलेज पुर्‍याइएको थियो ।

तर ८ घण्टासम्म डाक्टर आएनन् । बालिकालाई डि’स्चार्ज पनि गरेनन् । सिकारु नर्सहरुले ओ’भरडोज औ’षधि दिएका कारण बालिकाको मृ’त्यु भएको परिवारको आ’रोप छ । नर्सहरुले ५ मिनेटमा डाक्टर आउनुहुन्छ भन्दाभन्दै बिहान ८ बजेसम्म डाक्टर नआएको मृ’तककी ठूली आमा सरु थापाले बताइन् ।शनिबार बिहान साढे ८ बजेतिर बालिकालाई मे’डिकल कलेजले मृ’त घो’षणा गरेको थियो । सि’कारु नर्सहरुले अ’न्धाधुन्द ओ’भरडोज औ’षधि दिएकै कारण सुविकाकाे मृ’त्यु भएको सरुको दाबी छ।

पेट दु’ख्ने समस्या देखिएपछि सुविकालाई शुक्रबार कपिलवस्तुबाट बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा पुर्‍याइएकामा आम्दाले भिडियो ए’क्सरे गर्ने डाक्टर नभएको भन्दै मेडिकल कलेज रि’फर गरेको सरुले बताइन् ।

‘मेडिकल कलेजमा चौबिसै घण्टा डाक्टर हुन्छन्, त्यहाँ लैजानुस् भनेर रि’फर गरेपछि राति १२ बजे बि’रामीलाई पुर्‍याएका हौं,’ सरुले भनिन्, ‘यहां ल्याउँदासम्म बच्ची राम्रै अवस्थामा थिइन्, मज्जाले कुराकानी गर्दैथिन्,डाक्टर बोलाउनुभन्दा पाँच मिनेटमा आउनुहुन्छ भन्दाभन्दै ८ घण्टासम्म आएनन्, सिकारु नर्सको गलत उपचार र ओ’भरडोज औ’षधिले अ’कालमै ज्या’न गयो ।

भिडियो एक्सरे नगरिकनै, रो’ग पत्ता नलगाई चारहजार मूल्यको औ’षधि किनेर खुवाइएको सरुले बताइन् । मृत्यु हुनु आधा घण्टा अघिसम्म पनि सुविकाले आमासँग राम्रोसँग कुराकानी गर्दै ‘भोक लाग्यो खाना दिनुस, मलाई घर लैजानुस्’ भनेको सरुले बताइन् ।

८ घण्टासम्म डाक्टर नआएपछि बि’रामीका आफन्तले डि’स्जार्च दिनुस् हामी अन्य अस्पताल लैजान्छौं भन्दा डि’स्चार्ज पनि नदिएको सरुले बताइन् । ‘८ घण्टासम्म न डाक्टर आएर चे’कजाँच गरे, न भिडियो ए’क्सरे भयो न डि’स्चार्ज माग्दा दिए,’ उनले भनिन्, ‘अस्पतालको ला’परबाहीले नै बच्चीको मृ’त्यु भएको भन्ने ठ’हर भएको छ ।’ सुविका बाणगंगाा बोर्डिङ स्कूलकी २ कक्षाकी विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्