Logo

कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपालबाट पठाइयो १२ हजार वटा मास्क ! सेयर गरौ

चीनमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढेको छ । चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३०० भन्दा धेरै जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् ।

चीनको उहान लगायतका स्थानमा यात्रा प्रतिवन्धित समेत गरिएको थियो भने विभिन्न देशमा हुबेईमा रहेका आफ्ना नागरिकलाई स्वदेश लगेको छ । चीनले उहानमा कोरोना संक्रमणको उपचारका लागि १० दिनमा अस्पताल नै बनाएको छ । यसैबीच चीनमा कोरोना फैलिएपछि नेपाल–चाइना च्येम्वर अफ कमर्सले १२ हजार थान मास्क पठाएको छ ।

नेपालसँग सीमा जोडिएको तिव्वतमा भाइरस फैलिएमा नेपालमा समेत त्यसको प्रभाव पर्ने सम्भावना रहेको भन्दै नेपाल–चाइना च्येम्वर अफ कमर्स नेपालका तर्फबाट १२ हजार थान मास्क प्रदान गरेको सो संस्थाका महासचिव विवेक पौडेलले बिज्ञप्तिमार्फत जानकारी दिएका छन् । सो मास्क चाइना तिब्बत च्याम्वर अफ वार्डर ट्रेडलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्