कोठा भाडा बचाउन यी युवतीले गरीन् यस्तो काम !


कुनै पनि विद्यार्थी घर बाहिर कोठा भाडामा लिएर बस्छन् भने उसलाई सबैभन्दा बढी खड्किन्छ पैसा ।अभिभावकले घरबाट बल्लतल्ल पठाइदिएको पैसा पनि कोठा भाडा, खाना, खाजा आदीमा नै सकिन्छ ।
कहिलेकाँही कुनै बिषयमा बढी खर्च भयो भने त्यसलाई ब्यवस्थित गर्न झनै मुस्किल पर्दछ । स्कटल्याण्डकी एक छात्रालाई यस्तै समस्या परेपछि उनले अनौठो उपाय निकालेकी छन् ।

स्कटलैण्डको पेस्ले शहर निवासी २५ बर्षीया कैटलिन माने नामक एक युवतीले कोठाको भाडा तथा अन्य बिलका कारण हैरान भएर आफ्नो पूरानो भ्यानलाई नै घर बनाएकी छन । कैटलिनका अनुसार कलेज र अन्य काममा दिनभर बाहिर रहने उनले कोठाको भाडा र बिल शीर्षकमा मात्र मासिक ३६ हजार रुपैयाँ तिर्नुपर्थ्यो ।

बेलुकी सुत्न आए बापत मासिक ३६ हजार खर्च तिर्नुपर्दा उनलाई बेकार लाग्दै आएको थियो । जसका कारण उनले ३५ बर्ष पूरानो भ्यानलाई नै घर बनाएकी हुन् । अहिले उनी भ्यानमा रहँदै आएकी छन् । साथै यहि भ्यानमा सानो भान्सा कोठा पनि बनाउने उनले तयारीमा छन् । डिजिटल एडिटर पदमा कार्यरत कैटलिनको यस निर्णयले उनका प्रेमी रेयान पनि खुशी भएका छन् ।