Logo

निरन्तर असफलता खेपिरहेका सुशिलको भरमा चल्छ र ‘लभ डायरिज’ ?

चलचित्र ‘लभ डायरिज’ले बल्ल तल्ल रिलिज डेट पाएको छ । धेरै वटा मितिबाट भाग्दा भाग्दै अहिले यस चलचित्र फागुणको २ गते रिलिज हुन लागेको छ । भ्यालेनटाइन डेलाई लक्षित गर्दै यस चलचित्र रिलिज हुन लागेको हो ।

सुरुमा यस चलचित्रले असोज ३ गतेलाई रिलिज मिति तोकेको थियो । उक्त मितिमा ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुनेभएपछि उक्त मितिबाट लभ डाइरिज भाग्यो । पछि पुस १५ लाई चलचित्रले रिलिज गर्ने घोषणा गर्‍यो । यहीँ मितिमा फेरी चलचित्रमा मुख्य कलाकार सुशिल श्रेष्ठको चलचित्र ‘बादशाह जुट’ आएपछि लभ डाइरिज पछि हट्न बाध्य भयो ।

‘लभ डाइरिज’मा सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचित्रमा चिनिएका अनुहार पनि उनै हुन् । नायिकामा फ्रेस अनुहार छिन्, रुविना थापा ।

यसोहुदाँ निर्माण पक्ष चलचित्र चल्ने आधार सुशिल श्रेष्ठलाई लिएको छ । तर, सुशिलको भरमा चलचित्र चल्छ र ? यो भने प्रश्न चिन्ह उठेको छ ।

सुशिलको विगतलाई हेर्ने हो भने डेब्यु चलचित्र बाहेक अन्य चलचित्र सफल भएका छैनन् । डेब्यु चलचित्र ‘होस्टेल रिटर्न्स’बाट हिट भएका सुशिल त्यसपछि लगतार असफल भए । उनी अभिनित ‘सायाद २, कारखाना, बादशाहजुट’ लगायत चलचित्र लगतार असफल भए ।

सुशिल आफैँ यस चलचित्रसँग पूर्ण भर पर्न सकेका छैनन् । अब सुशिललाई लिएर निर्माण पक्ष पनि ढुक्क कसरी होस् !

तर, निर्माण पक्ष चलचित्रलाई हिट बनाउन धेरै लागि परिरहेको छ । भाइरल ट्विनी गर्ललाई चलचित्रको गीतमा अभिनय गराउनेदेखि भाइरल कमला घिमिरेलाई पनि प्रचारको लागि प्रयोग गरेको छ । तर, पनि चलचित्रको चर्चा उत्ति भएको छैन् ।

यसै मितिमा बलिउडको प्रतिक्षित चलचित्र ‘लभ आजकाल’ रिलिज हुदैँछ । त्यसले यस चलचित्रको व्यापारमा पक्कै असर गर्नेछ । मल्टिप्लेक्स हलहरुमा पनि ‘लभ आजकाल’ले शो घटाइदिने पक्का छ ।

चलचित्रहरु नचलिरहेको अवस्थामा ‘लभ डाइरिज’को चलचित्रको हालत कस्तो हुने हो, हेर्न बाकीँ छ ।

प्रतिक्रिया दिनुहोस्