Logo

गणेश भगवानको पुजा गर्दै माघ २१ गते, मंगलबारको राशिफल हेर्नुहोस हजुरको दिन सुभहुने छ ! जानी राखौ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सबैको सहयोग पाईने हुदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनै पनि पशा व्यावसाय फस्टाएर जानेछ । समय अनुशार बिचार सिर्जना गर्न सकिने हुदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायबाट भनेजस्तो आम्दानि हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउँन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या देखापर्न सक्छ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुनेछ । व्यावसाय फस्टाएर भने लगानिको नयाँ बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने पति पत्नि बिच अबिश्वास बढ्नेछ । साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागि अलि बढि मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । पढाई लेखाईमा अलि बढिनै समय दिनुपर्नेछ । तापनि लामो दुरिको यात्रा हुने योग रहेकोछ भने बिदेशमा बसेर व्यापार गर्नेहरुका लागी समयले साथ दिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
परिवार,आफन्त र ईष्टमित्र सँग आत्मियता तथा सद्भाव बढ्नेछ । सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । राजनीतिक काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन् । पति पत्नीबीच सम्बन्धमा सुधार आउनेछ ।राजनिति तथा समाजसेवा जस्ता क्षेत्रमा तपाईको नाम चर्चामा आउनेछ । तथा बिवादित बिषयहरु तपाईकै पक्षमा फैसला हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दिनभर श्रम गरे पनि उचित प्रतिफल नपाउदा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गरे पनि भने जस्तो आम्दानि नहुदा आर्थिक अवस्था नाजुक हुनेछ । कामको लागि धेरै समय दौडथुप गर्नु पर्नेछ भने दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । पैत्रिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । प्रेममा धोका हुन सक्छ ख्याल गर्नुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथि सँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घट्ना घट्न सक्छ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । आफन्त तथा साथिभाई बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाब सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको बिकास हुन सक्छ ध्यान दिनुहोला । यात्रामा सोचेजस्तो सफलता पाउन कठिन रहेकोछ । व्पापारमा समय दिन नसक्दा वा ध्यान नदिदा घाटा लाग्न सक्छ । साझेदारि व्यावसाय सकभर आजको दिन सुरु नगर्नु होला । बिलाशि बस्तुको प्रयोग गर्न पाईने भएपनि बढिनै उत्साहित हुदा नकारात्मक परिणाम देखा पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
कुनै पनि कामलाई पुनह गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । पुराना रोगहरु फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लागनि गर्नको लागि केहि समय पर्खनु नै उचित रहेकोछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केहि समयको लागि टाडिनु पर्ने हुन सक्छ । कुनै पनि बिवादमा सामेल भए हारिने सम्भावन रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अध्ययन अध्यापनमा रुची बढ्नेछ भने बिद्या तथा प्रतिष्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अध्ययनमा समय दिन नसस्दा अरुभन्दा पछि परिनेछ भने अरुकै लागि श्रम तथा शक्ति खर्च हुनेछ । रमाईलो बाताबरणमा पनि मन खिन्न हुनेछ । साथिभाई तथा आफन्त सँग बिवाद बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा वैमनश्यता बढ्नेछ । व्यापार व्यावसायम समय लगानि गरे पनि आम्दानि थोरै हुनेछ । दाजुभाई तथा बन्धु सँग घरायसि कुरामा राय बाजिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
गलत लेखाई अथवा गलत बुझाईलो आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने भएपनि वढिनै उत्साहित हुन खोन्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानि गरे पनि नाँफा कमाउँँन बढिनै समय खर्चनु पर्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुने भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाढि बढ्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्