Logo

चर्चित लोकदोहोरी गायीका ‘जेरी’ले कसिन लगनगाँठो, विवाह मण्डपमै वेहुलासंग भयो यस्तो घमासान दोहेरी (भिडियो हेर्नुस्)

लोक दोहोरी गायिक बबिता बानियाँ जेरी विवाह बन्धनमा बाँधिएकी छन् । दोहोरी गीतमा ट्वाक्क जवाफ फर्काउन माहिर उनी जेरीकै नामले चर्चित छन् । खासगरी एविसी टेलिभिजनमा प्रसारित कार्यक्रम इन्द्रेणीमा उनले गायका दोहोरी निकैले मन पराएका छन् ।

अहिले सम्म दोहोरीमा कसैसंग नहारेकी जेरीले आफ्नो लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेकी हुन् । जेरी एउटा अबल गायिका हुन् । विवाहको मण्डपमा वेहुली भेषमा सजिएकी जेरीले आफूलाई पराजित गर्न सक्नले मात्र दोहोरी खेल्न आउनु भनेकी छन् । विवाहको मण्डपमै उनले आफ्ना श्रीमानसंग पनि दोहोरी गाइन् ।

दोहोरी गाउंदा गाउँदै प्रेम भएको र सोही प्रेमलाई विवाहमा परिणत गरिएको चर्चा गरिएको छ । जेरीले शंकर क्षेत्रीसंगको आफ्नो प्रेमलाई विवाहमा परिणत गरेकी हुन् ।

दुवै जना दोहोरी गायक भएका कारण उनीहरुको विवाहमा पनि रमाइलो माहोल थियो । विवाह मण्डपमै उनीहरु दोहोरी गाउन कस्सिएका थिए । शंकर क्षेत्री मोडल, गायक तथा कलाकार हुन् । वाजा वजाएर गरिएको विवाहमा जेरी र शंकरका आफन्तको सहभागीता थियो । यस अघि पनि विभिन्न सार्वजनिक कार्यक्रममा संगै देखिएका जेरी र शंकरले आफुहरुको सम्बन्धलाई त्यसरी वाहिर भने खुलाएका थिएनन् ।

शकरले विवाहका क्रममा भएक गतिविधिलाई पनि गीत बनाएका थिए । उनले वेहुलीलाई उठाउँदा झण्डै ढाड फुत्किएन भन्दै हँसाए । उनीहरुको पहिलो भेट पुरानो वसपार्कमा भएको बताए । बेहुलीको भेषमा रहेकी जेरीले आज अलि फरक अनुभव भएको बताइन् । शंकरले भने आफुलाई रमाइलो लागिराको बताए ।

फेसवुकमा चिनजान भएको जेरीलाई शंकरले भेटौं भनेर प्रस्ताव गरेपछि पुरानो वर्षपार्कमा भेट भएको बताए । पहिलो पटक भेट्दा नै जेरी मनपरेको शंकरले बताएका छन् । मण्डपमा जेरीले पुजाको काम सकेर धेरै समय बस्दा पनि शंकर जन्ती िलिएर नआएका कारण धेरै बेर कुर्नुपरेको जेरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्