Logo

विराजलाई पनि पत्याइहाल्ने आवस्था छ र ?

नेपाली चलचित्र प्रेमीहरुमाझ चिनिएको नाम हो विराज भट्ट । विराजले धेरै चलचित्रमा अभिनय गरेका छन् । अधिकांश एक्सन चलचित्रमा काम गरेका विराजको एक्सन पक्षलाई नै दर्शकले रुचाएका थिए ।

तर, विराजले नेपाली दर्शकलाई धोका दिएका छन् । नेपाली दर्शकले खोजिरहेकै समय उनी नेपाली चलचित्रलाई चटक्कै माया मारेर भोजपूरी चलचित्रमा पुगे । विराजको कुरा पत्याउने हो भने त्यहाँ पनि विराजले आफ्नो स्टारडम बनाए ।

तर, त्यहाँ विराजलाई टिक्न गाह्रो पर्न थालेपछि पुनः नेपाल फर्किएर चलचित्रमा काम गर्ने सोचे । पहिलो चलचित्र निर्माता रोज राणाले मौका दिए, ‘जय पर्शुराम’ । विराजको कमब्याक चलचित्रले हलमा पानी समेत भन्न पाएन । कुनै समय फोटो हेरेर हलमा उर्लिने दर्शकले विराजलाई पत्याएनन ।

अहिले विराज आफैँ निर्देशक तथा निर्माता बनेर चलचित्रमा फर्किएका छन् । उनको डेब्यु निर्देशनमा चलचित्र ‘साङ्लो’ बनेको छ । जुन चलचित्रको रिलिज मिति नजिकिसकेको छ ।

विराजलाई डर छ, कतै यस चलचित्रको हालत पनि पहिलाको चलचित्रको जस्तै त हुने होइन । यस कुरामा विराज आफैँ कन्फिडेन्ट देखिदैँनन् ।

तर, चलचित्रको विषयबस्तु र एक्सनको विषयका विराजले राम्रै खोकिरहेका छन् । अब बलिउडदेखि साउथ चलचित्रले पनि नेपाली चलचित्रबाट एक्सन कपी गर्ने उनले दावी गरेका छन् । यो कुरा पनि पूर्ण विश्वास गर्ने अवस्था छैन् । जो कोहीले पनि आफ्नो चलचित्रको विषयमा नराम्रो बोल्ने हिम्मत गर्दैनन् ।

अर्को कुरा, विराजलाई अहिले दर्शकले पत्याइहाल्ने अवस्था पनि बनेको छैन् । पछिल्लो समय विराजको नाममा भोजपुरी चलचित्रको नेपाली डबिङ रिलिज भएका थिए । ती चलचित्रले विराजको क्रेजलाई नराम्रो सँग बिगारेको छ । त्यसैले पनि विराजलाई दर्शकले पत्याउनेमा शंका छ ।

आशा गरौँ, विराजको चलचित्र हिट होस् । तर, ढुक्क भने परिनहालौँ है ।

प्रतिक्रिया दिनुहोस्