कलाकारिताको क्षेत्रमा रिमा विश्वकर्मा स्थापित नाम हो । उनले अहिले पछिल्लो समय कमेडि च्याम्पियन नामको रियालिटि शो को उद्घोषण गरिरहेकी छन् । कमेडि चेम्पियन हाँस्यब्यग्यका रुपमा सुरु गरीएको पहिलो स्टेण्डप कमेडि रियालिटि शो हो ।
अन्य कुनै कार्यक्रमको फ्रेन्चाइच बिना गरिएको यो कार्यक्रम नेपाली उत्पादकहरुको आफ्नै कार्यक्रम हो । रिमा करिब डेढ दशक देखि कलाकारिता क्षेत्रमा सकृय छन् । उनको आफ्नै परिचय स्थापित भएको छ ।
तर रिमालाई हालै दलित समुदाय राष्ट्रिय कलाकारका रुपमा प्रशंसा पत्र प्रदान गरियो । उनले आफ्नो लामो करियरका क्रममा कहिल्यै दलित भनेर आफुले प्रतिस्पर्धामा कहिल्यै महशुष गर्न नपरेका कारण दलित समुदायका तर्फवाट प्रशंसा पत्र पाउँदा अनौठो लागेको बताइन् ।
उनले जातकै कारण आफुले कलाकारितामा कहिल्यै अपमानिन महशुष गर्न नपरेको उनको भनाई छ । उनी आफुलाई अवसर प्राप्त गर्ने र प्रतिस्पर्धामा उत्रन सक्ने महिला भएका कारण दलित भनेर एउटा जातिमा मात्र खुम्चिन नचाहेको बताएकी छन् ।
अवसर नपाएकाहरुलाई यस्तो सम्मान दिएर प्रोत्साहन दिन उनले आग्रह गरिन् । साथै दलित समुदायका तर्फवाट राष्ट्रिय कलाकार भनेर सम्मान पाउँदा आफुले म यो समुदायको हो भन्ने फिल भएको उनको भनाई छ ।
यदि दलित समुदायको उत्थानका लागि आफ्नो कुनै भूमिका भए त्यसका लागि आफुलाई बोलाउन समेत रिमाले आग्रह गरेकी छन् । आफु सम्मान पाउन भन्दा पनि आफ्नो समुदायको उत्थानका लागि केही गर्न चाहेको उनको भनाई छ ।
मलाई सम्मानमा होइन कर्ममा विश्वास लाग्छ दलित समुदायका लागि भनेर मैले विशेष त्यस्तो केही योगदान गरेको जस्तो मलाई लाग्दैन, उनले भनिन् बरु मलाई त्यस्तो केही काम गर्ने अवसर दिनुस् ।
प्रतिक्रिया