उखुबारीमा युवतीको शव यस्तो अवस्था !
विराटनगर महानगरपालिका–१२ बखरीस्थित उखुबारीमा युवतीको शव भेटिएको छ । शुक्रबार बिहान घाँटी काटेर सलले बेरेको अवस्थामा युवतीको शव भेटिएको हो ।
मोरङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाका अनुसार अन्दाजी २४÷२५ वर्षीया देखिने युवतीको घाँटीमा काटेको चोटसमेत रहेकाले उनको हत्या भएको आशंका छ ।
शुक्रबार उखु काट्न गएका मजदुरले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘युवतीको पहिचान खुलेको छैन’, थापाले भने, ‘घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।’