तनहुँको आँबुखैरेनीमा एक बाबुले आफ्नो छोरीको विवाहमा अनौठो दाइजो दिएका छन् । दाइजो लिनु र दिनु गैरकानुनी मानिन्छ ।
तर उनले आफ्नो छोरीको भविष्य सुरक्षित गर्ने दाइजो स्वरुप छोरीलाई विमा पोलिसी उपहार दिएका हुन् । उनले छोरीलाई दाइजो दिन नहुने कानुनी मान्यताको पनि सम्मान हुने र छोरीको भविष्य पनि सुरक्षित हुने अचम्मको उपाय अपनाएका छन् ।
छोरीको विवाहमा उनले १० लाख रुपैयाको बिमा पोलिसी खरिद गरेर दिएका छन् । आँबुखैरेनी गाउँपालिका ३ आँबुखैरेनी निवासी भोला गंगाजुले छोरीको विवाहमा बिमा पोलिसी दिएका खरिद गरेर दिएका हुन् ।
गंगाजुले बुधबार छोरीको विवाह गरिदिएका हुन् । उनले युनियन लाईफ ईन्सुरेन्स कम्पनीको १० वर्षे एकमुष्ट भुक्तानी बिमा पोलीसी खरिद गरि छोरीलाई उपहार दिएको कम्पनीका आँबुखैरेनी शाखा प्रमुख सबिता भट्टराईले बताएका छन् ।
उक्त पोलीसीको प्रिमियम शुल्क ८ लाख रुपैया रहेको र २० लाख रुपैयाँसम्मको जोखिम बहन हुने पनि शाखा प्रमुख भट्टराईले बताए । गंगाजु युनियन लाईफ ईन्सुरेन्स कम्पनीका एजेन्सी म्यानेजर समेत हुन् ।
प्रतिक्रिया