Logo

समुन्द्र शास्त्रका अनुसार कुन अङ्गमा आएको कोठीले के संकेत गर्छ ? जानी राखौ

समुन्द्र शास्त्रका अनुसार तपाइँको नाइटोको वरिपरी कोठी आएमा शुभ र फलदायी मानिन्छ । यस्ता कोठीका कारण तपाइँको जीवनमा सुखसमृद्धि प्राप्त हुने योग रहन्छ । पैतालाको औंलामा कोठी आएमा सम्पन्नताको योग रहन्छ र मानसम्मानको अवसर मिल्छ । कानको माथि कोठी आएमा ज्ञानी र बुद्धिमान हुने मानिन्छ ।

यिनीहरु आफ्नो ज्ञान र बुद्धिका कारण धेरै धनआर्जन क्षमता राख्छन् । ढाड पछाडि कोठी भएको ब्यक्ति महत्वकांक्षी र भौतिकवादी हुने मान्यता छ । यिनीहरु धन जोगाउनु भन्दा कमाउनतिर लाग्ने र खर्चालु हुने मान्यता छ । यिनीहरु विलासीपूर्ण जीवन विताउन चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्