भनिन्छ जन्म, मृ’त्यु र बिवाह आफ्नो वशमा हुन्न,यी तिनै चिज हाम्रो कल्पना भन्दा बाहिर हुन्छ, मोरङको विराटनगरमा यस्तै एउटा संयोगको घ’टना भएको छ ।एक घण्टाको फरकमा एकैघरका दुई जना दाजुभाइको मृ’त्यु भएको छ ।
राति सामान्य अवस्थामा खाना खाएर आ–आफ्नो घरमा सुतेका दुई जना दाजुभाइको विहान ४५ मिनेटको अन्तरमा मृ’त्यु भएको हो । विराटनगर ४ स्थित ढाटमा घर भएका इश्रालाल माझी र काशी माझीको मृ’त्यु भएको हो ।दुवै जनाको उच्च र’क्तचापका कारण मृ’त्यु भएको बताइएको छ ।
५३ र ५५ वर्षका दाजुभाइमध्ये काशी शाकाहारी भोजन गर्थे । पूर्व टंकिसिनुवारी २ बाट निर्वाचित वडा सदस्यसमेत रहेका उनलाई उच्च र’क्तचापका कारण सामान्य प’क्षघात भएको थियो । शनिबार बिहान पौने ३ बजेको समयमा उनको नि’धन भएको थियो ।
काशीको नि’धन भएको केही समयमै दाजु इश्रालाल माझीको पनि मृ’त्यु भयो । उहाँको पनि उच्च र’क्तचापका कारण ज्या’न गएको स्थानीय इन्द्र न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया