Logo

विमलले लिगको अन्तिम खेल खेल्ने सहिद स्मारक ए डिभिजन !

निलम्बन फुकुवा लगत्तै फरवार्ड विमल घर्ती मगरलाई कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल खेल्दै गरेको देख्न पाइने सम्भावना बढेको छ ।

लिगको उपाधि दौडमा रहेको सानमिगेल मछिन्द्र क्लबले उनलाई आर्मीविरुद्ध शनिबार हुने अन्तिम खेलमा उतार्ने तयारी गरिरहेको छ ।
विमल मछिन्द्रबाट खेल्नका लागि भने माल्दिभ्सको क्लबबाट इन्टरनेसल ट्रान्सफर सर्टिफिकेट (आइटिसी) लिनुपर्ने हुन्छ । उनी पछिल्लो पटक माल्दिभ्सको टिसी स्पोर्टस क्लबमा आबद्ध छन् । मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले विमल खेल्ने सम्भावना रहेको बताए ।

‘उसको निलम्बन फुकुवा हुँदैछ । त्यसैले उनलाई खेलाउनका लागि व्यवस्थापनले तयारी गरिरहेको छ,’ उनले भने,‘ विमलले खेल्दा टोली अझै बलियो हुनेछ ।’ केहि दिन देखि विमल टोलीसँग अभ्यास गरिरहेको उनले जानकारी दिए ।

राष्ट्रिय टोलीका पूर्व सदस्य विमल घर्तीमगर र दीनेश राजवंशीको निलम्बन बिहीबार फुकुवा हुँदैछ । अनुशासन उल्लेखमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल र दीनेशलाई ९० दिन निलम्बन गरेको थियो ।

मछिन्द्रका व्यवस्थापक अनिल श्रेष्ठले पनि विमल शनिबार खेल्ने बताए । उनले भने ‘सबै प्रक्रिया पुरा गरेर हामी विमललाई खेलाउँदैछौं ।’ विमलले गत सिजन च्यासल युथ क्लबबाट खेलेका थिए

एउटै घटनामा नेपाल आयल निगम मनाङ मस्याङ्दी क्लबका अन्जन विष्ट र त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङ भने ४५ दिनको निलम्बन फुकुवा भएर घरेलु लिगमा फर्केको डेढ महिना भइसकेको छ ।

दीनेश च्यासल युथ क्लबमा आबद्ध छन् । उनले थ्री स्टारविरुद्ध हुने खेल खेल्ने सम्भावना छ । यद्दपी त्यसका लागि उनले एन्फाबाट फुकुवा पत्र लिनुपर्नेछ हुन्छ । निलम्बन अवधि सकिए र जरिवाना तिरेपछि मात्र एन्फाले पत्र दिदै आएको छ । च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने,‘ उनले एन्फाबाट पत्र ल्याए भने खेलाउने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्