चीनले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएकाहरुको तथ्यांक लुकाएको भन्ने चर्चा चलिरहेका बेला १४ हजार बढी शव जलाएको हुनसक्ने आशंकासहितको समाचार सार्वजनिक भएको छ ।
चीनले महामारीग्रस्त वुहान शहरमा कोरोना भाइरसबाट ज्यान गुमाएका १४ हजारभन्दा धेरै जनाको शव जलाएको हुनसक्ने ताइवानबाट प्रकाशित ताइवान न्यूजले लेखेको हो । वुहान शहरमा सल्फर डाइअक्साइड ग्यासको स्तरका आधारमा पछिल्लो विवरण सार्वजनिक गरेको जनाइएको छ ।
ताइवान न्युजले ‘विण्डी डटकम’ ले अन्तरिक्षबाट खिचेको तस्बीरमा वुहान शहरमा सल्फर डाइअक्साइडको मात्रा असामान्य रुपमा बढि पाइएको उल्लेख छ ।
समाचारअनुसार वुहान शहरको वायुमण्डलमा सल्फर डाइअक्साइडको मात्रा १७०० माइक्रोग्राम प्रति घनमिटर छ । सल्फर डाइअक्साइडको यो मात्रा खतराको स्तर भन्दा २१ गुणा बढी रहेको जनाइएको छ ।
वायुमण्डलमा ८० माइक्रोग्राम प्रतिघनमिटर सल्फर डाइअक्साइड खतरनाक मानिन्छ । महामारी फैलिएको चोङचिङ्ग शहरमा पनि यो ग्यासको मात्रा धेरै रहेको समाचारमा उल्लेख छ ।
१४ हजारभन्दा धेरै शव जलाउँदा मात्र यति ठूलो मात्रामा सल्फर डाइअक्साइड उत्सर्जन हुने वैज्ञानिकहरुको मत छ । मानिसको शवजस्ता जैविक पदार्थ जलाउँदा सल्फर डाइअक्साइड, मर्करी डाइअक्सिजन र हाइड्रोक्लोरिक एसिड जस्ता रसायन पनि निस्किन्छन् ।
चिनियाँ परम्पराअनुसार मृतकको शवलाई गाड्ने प्रचलन रहेपनि सल्फर डाइअक्साइडको मात्रालाई विश्लेषण गर्दा भने चिनियाँ प्रशासनले ठूलो सङ्ख्यामा मृतकको शवलाई जलाएको हुनसक्ने विश्लेषण गरिएको छ ।
प्रतिक्रिया