Logo

यी राशि भएका युवतीलाई बुहारी बनाउँदा घरलाई बनाउँछन् स्वर्ग !जानी राखौ

ज्योतिष विज्ञानमा हामी जो कोही धेरै विश्वास विश्वास गर्छौ । हुन पनि हो, ज्योतिष विज्ञान भनेको हाम्रो मानव जीवनमा जोडिएको एक शास्त्र हो । ज्योतिष शास्त्रले भनेका र भविष्यवाणी गरेका कतिपयकुराहरू मिलिरहेका छन् । यस्तै मध्य एक राशि अनुसारको व्यवहारको पनि निकै चर्चा हुने गर्दछ ।

मानिसका फरक फरक राशि अनुसार उसको व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसार नै वैवाहिक सम्बन्ध र परिवारको निर्धारण रहने गर्दछ । ज्योतिष शास्त्रका अनुसार यी तल दिएका राशि हुने युवतीहरू धेरै राम्रा र सफल बुहारी बन्न सक्छन् ।

वृष राशीः वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन् । आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन् । अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन् । शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन् । निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन् ।

कन्या राशिः कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन् । कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन् । कलह देखि पनि कन्या राशि हुनेहरु टाढा रहन रुचाउँछन् । जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन् । परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ । आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन् ।

मीन राशिः मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन् । उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन् । परिवारमा आइपर्ने दुख माथि विशेष निगरानी रहने गर्छन्, दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन् । यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ । बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्