कोरोनाभाइरसको आधिकारिक नाम सार्बजिनिक !


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरि फैलिएको कोरोनाभाइरसको आधिकारिक नाम ‘कोभिड १९’ घोषणा गरेको छ।डब्लुएचओले मंगलबार भाइरसको नाम घोषणा गर्दै विश्वकै खतरनाक यस रोग नियन्त्रण गर्न लागि पर्नुपर्ने बतायो।

‘हामीसँग अब कोरोनाभाइरसको नाम छ र यो कोभिड-१९ हो,’ डब्लुएचओका प्रमुख टेड्रोस एडहानोमले भने।टेड्रोसका अनुसार को, भि र डिको अर्थ क्रमशः कोरोना, भाइरस र डिजिज हो।

१९ ले भाइरस देखा परेको वर्षको प्रतिनिधित्व गरेको उनले बताए।भाइरसको नाम कुनै निश्चित भौगोलिक स्थान, पशु प्रजाति वा व्यक्तिको नामलाई बदनाम हुनबाट रोक्न अन्तर्राष्ट्रिय सल्लाहका आधारमा राखिएको प्रमुख टेड्रोसले बताए।

यसअघि पनि डब्लुएचओले ‘२०१९-एनसिओभि एक्युट रेस्पिरेटरी डिजिज’ र चीनको राष्ट्रिय स्वास्थ्य आयोगले ‘नोबेल कोरोना भाइरस निमोनिया(एनसिपी)’ अस्थायी नाम दिएको थियो।