Logo

गुन्डा नाइके मिलन लामा पक्राउ !

प्रहरीले गुन्डा नाइके मिलन लामालाई महानगरीय प्रहरी वृत महाराजगन्जको प्रहरी टोलीले बुधबार काठमाडौंको चक्रपथबाट लामालाई पक्राउ गरेको हो ।

काठमाडौं टोखा, सामाखुसी र नुवाकोट जिल्लालाई आधार बनाई गुन्डागर्दी गर्ने लामा नुवाकोट शिबपुरि गाउँपालिका ३ का स्थायी बासिन्दा हुन् ।काठमाडौंको टोखा–चन्डेश्वरी बस्ने ३७ वर्षीय लामामाथि थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत महाराजगन्जका डिएसपी उमेश लम्सालले जानकारी दिए ।

लामा पहिलेनै हातहतियार खरखजाना मुद्दामा २०६७ सालमा प्रहरी बृत बालाजु र २०७० सालमा ज्यान मार्ने उद्योग अन्तरगत प्रहरी बृत महाराजगन्जले मुद्दा चलाई सजाय पाइससकेका अभियुक्त हुन् ।

प्रतिक्रिया दिनुहोस्