मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
साथीभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भए पनि बिफल हुने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सुचनाहरु बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईको निम्न स्तरको सहभागिता रहनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समयमा काम नबन्नाले दुख पाइनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदी बहिनीसँग मनमुटाब बढ्ने तथा टाडिने समय रहेकोछ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । पढाइ लेखाइमा मन नजाँदा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । गोप्य सुचना तथा घर परिवारका कुराहरु बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
तार्किक क्षमताबा बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारि व्यापार फस्टाएर जानेछ भने व्यपारकै शिलशिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने बिपरित लिंग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरुभन्दा एक कदम बढि सफलता हात पार्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कुनैपनि प्रतिस्पर्धामा तपाईको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गँर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाईनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
खानपानमा ध्यान दिनु होला स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। नयाँ योजना कार्यान्वयनमा ल्याउन नसकिए पनि लगनशीलताले विस्तारै प्रगति हुनेछ। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यवसायिक कामबीचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
भौतिक सम्पति तथा विलाशि बस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाढिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाई लेखाईमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाति रहनेछन् । राजनिति तथा समाजसेविहरुले समाजमा काम देखाउन नसक्दा बिश्वास जित्न अलि बढिनै समय खर्चनु पर्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यवसायमा नाफा कमाउन अरु दिन भन्दा बढि समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको ब्यावस्थापन गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारि गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारि बिना नै प्रश्तुत गरिने कुनै पनि योजना बिफल हुन सक्छ ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार व्यवसायमा प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेकोछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्वास्थको बिशेष ख्याल गर्नुहोला औषधि उपचार खर्च बढर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथिभाईहरुले खासै सहयोग गर्ने छैनन् । पढाई लेखाईमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । कामलाई दोहोर्याएर गर्नु पर्दा मानशिक तनाब बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दि आउने भएपनि बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मनपरेको मानिसबाट चिट्ठा तथा उपाहार पाईने हुदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाईनेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृड हुनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता प्राप्त हुनेछ । प्रणय सम्बन्धलाई बिवाहमा परिणत गर्नको लागि आफन्तबाट आवश्यक कामहरु हुनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा पदोन्नति हुनेछ । उत्पादनमुलक क्षेत्रमा लगानि गरि प्रसस्त रुपैया पैसा कमाउँने योग रहेको छ । व्यापार व्यवसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । माया प्रेममा एक अर्काको साथ रहने हुनाले मन प्रशन्न हुनेछ।
प्रतिक्रिया