Logo

राती सल्यानबाट आयो दुखद खबर : सेनाको गाडी दुर्घटना,अहिले छ यस्तो अवस्था !

सल्यानमा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ। कपुरकोट–३ चोरखालामा सेनाको गाडी दुर्घटना भएको हो।दुर्घटनामा जमदार यादवप्रसाद धरेलको मृत्यु भएको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिए। उनका अनुसार मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन र हबल्दार जय प्रकाश बोहरा लगायत ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

घाइतेको उद्धारका लागि नेपाली सेनाको एयरबेस क्याम्पस सुर्खेतबाट हेलिकप्टर झिकाइएको लामिछानेले बताए। घाइतेलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लैजाने तयारी गरिएको छ। गाडी सडकबाट ५ सय मिटर तल खसेको छ। गाडीमा ७ जना थिए। कपुरकोटदेखि बुटवल जाँदै गरेको लु १ ग १२३ कपुरकोटको सबुज गणको गाडी दुर्घटनामा परेको हो।

प्रतिक्रिया दिनुहोस्