Logo

‘आमा’को प्रचारमा दीपेन्द्रले किन बेचिरहेका छन् ‘पशुपति प्रसाद’को नाम ?

‘पशुपति प्रसाद’ चलचित्रले धेरै दर्शकको मन-मस्तिष्कमा बास गर्न सफल भएको थियो । चलचित्र हेरेका धेरै दर्शकले यस चलचित्रलाई उत्कृष्ट चलचित्र भएको प्रतिकृया दिइरहेका थिए । यसै चलचित्रबाट उदाए, निर्देशक दीपेन्द्र के खानल ।

यस चलचित्रबाट दीपेन्द्र के खनालको पनि निकै तारिफ भयो । माटो सुहाउँदो र वास्तविक कथालाई पर्दामा उतारेकाले पनि दीपेन्द्रलाई धेरैले मनको निर्देशक ठाने । उनीमाथि धेरैको विश्वास बढ्यो ।

तर, पछिल्लो चलचित्रहरुमा दीपेन्द्रले आफ्नो लय बिगारे । कमर्सियल चलचित्र बनाउने होडबाजीमा उनले दर्शकको विश्वासमाथि घात गरे । उनले दर्शकलाई झुक्याएको चलचित्रबाट दर्शकको साथ पनि पाएनन । उनी निरन्तर असफल भए ।

अहिले पुन: निर्देशक दीपेन्द्र आफू लयमा फर्किएको बताउँदै आएका छन् । रिलिजको तयारीमा रहेको चलचित्र ‘आमा’को प्रचार प्रसारमा उनले उक्त कुरा बोलिरहेका छन् । पोस्टरदेखि ट्रेलरसम्म पशुपति प्रसाद निर्देशकको चलचित्र भनेर उल्लेख गरिएको छ ।

दर्शकलाई हलसम्म तान्नको लागि दीपेन्द्रले आफूलाई पशुपति प्रसाद चलचित्रको निर्देशक भनेर चिनाइरहेका छन् । जवरजस्ती चलचित्र हेर्नको लागि निमन्त्रणा दिइरेहका छन् । पशुपति प्रसाद जस्तै मन छुने चलचित्र बनाएको बोलिरहेका छन् ।

पशुपति प्रसाद पछि दीपेन्द्रले निर्देशन गरेका चलचित्रको नाम उनले लिएका छैनन् । पशुपति प्रसादकै क्रेडिट लिएर दर्शकलाई हलसम्म तान्ने प्रयासमा निर्देशक खनाल लागेका छन् ।

हुन पनि ‘आमा’ चलचित्रमा भयंकर क्रेज भएको कलाकार कोही छैनन् । चलचित्र चल्ने एकमात्र आधार भनेको बिषयबस्तु नै हो । तर, बिषयबस्तु राम्रो छ भनेर देखाउन त सुरुमा दर्शक चाहियो । त्यसैको लागि पशुपति प्रसादको नाम प्रयोग भइरहेको छ ।

फागुन ९ गते रिलिज हुने यस चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, आशान्त शर्मा लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रले आमाप्रतिको प्रेमभावलाई झल्काएको छ ।

प्रतिक्रिया दिनुहोस्