Logo

बिहान बिहानै आयो दु:खद खबर : ६ जना सवार आर्मीको गाडी दु’र्घटना !

सल्यानको कपुरकोटबाट बुटवल जाँदै गरेको आर्मीको गाडी सल्यानको चोरखोलामा दु’र्घटना भएको छ । बुधबार सल्यान कपुरकोटको सबुज गणको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका वडा नम्वर ३ चोरखोलामा दु’र्घटना भएको हो ।

प्रहरीका अनुसार उक्त गाडीमा सात जना सवार थिए, जस’मध्ये तीन जना (३५ वर्षीय मेजर ईश्वर सिलवाल, जवान जय प्रकाश बोहोर र जवान रोशन हिटन) लाई घा’इते अवस्थामा उद्दार गरिएको छ ।

अहिले उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साथै, बाँकी चार जना घा’इतेहरुको घ’टनास्थलबाट उद्दार भइरहेको डिएसपी हरिहरनाथ योगीले जानकारी दिएका छन् ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन र पूजाआजाका लागि पास नचाहिने व्यवस्था गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा शुक्रबारबसेको महाशिवरात्रि मूल समारोह समितिको पहिलो बैठकले पासको व्यवस्था खारेज गरेको हो।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले यस वर्षको शिवरात्रिमा पासको व्यवस्था नभएको जानकारी दिए। उनका अनुसार पशुपतिको भित्री सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। मन्दिर दर्शनका लागि जुन ढोकाबाट प्रवेश गर्छन् भक्तजनलाई त्यही ढोकाबाट फर्किने व्यवस्था गरिएको उनको भनाइ छ।

मन्त्री भट्टराईले शिवरात्रिमा विगतमा हुने सबै कमीकमजोरी सच्याएर गुनासोरहित बनाउन कोषका कर्मचारीलाई निर्देशन दिए। राष्ट्राध्यक्षका हैसियतमा राष्ट्रपति विद्या भण्डारी पशुपति जाने उनले जानकारी दिए। सरसफाई, शौचालय, खानेपानी र सुरक्षाजस्ता सबै विषयमा गहन ढंगले काम गर्न पनि उनले निर्देशन दिए।

शिवरात्रिमा पाशुपत क्षेत्रमा मासु, मदिरा तथा धुम्रपान पूर्णरूपमा निषेधित गरिएको जानकारी दिइयो। सुरक्षा व्यवस्थालाई प्राथमिकता दिँदै पाँच हजार प्रहरी परिचालन गरिने डीआईजी विश्वराज पोख्रेलले बताए। फागुन ९ गतेको महाशिवरात्रि व्यवस्थित गर्न सदस्यसचिव ढकाल, कोषाध्यक्ष डा. मिलनकुमार थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायतको संयोजकत्वमा ११ वटा उपसमिति बनाइएको छ। यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ।

प्रतिक्रिया दिनुहोस्