Logo

नायिका महिमाको सडक दुर्घटनामा मृत्यु !

नेपाली नायिका तथा अभिनेत्री महिमा सिलवालको मृत्यु भएको छ । धादिङको गजुरीमा भएको सवारी दुर्घटनामा महिमाको मृत्यु भएको हो ।उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बुधबार साँझ उनी चढेको बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आइरहेको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो ।काठमाडौंबाट चितवन घर जाँदै गरेकी महिमासँगै उनकी बहिनी सर्मिला सिलवाल पनि स्कुटरमा थिइन् ।

बसको ठक्करबाट घाइते सर्मिलाको उपचारको लागि काठमाडौं ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ ।भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले कारबाही नामक चलचित्रबाट नेपाली फिल्म उद्योगमा डेब्यू गरेकी थिइन् ।

उनले अप्रिल फुल, चियर्स, दानव, जिग्लोलगायत चलचित्रमा समेत काम गरेकी छिन् ।साथै उनले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्