Logo

सुनसरीमा एम्बुलेन्स दुर्घ*टना ज्या*न गु*माउनेमा एकै परिवारका पाँच जना !

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा मृ त्यु हुनेहरू एक्कै परिवारको भएको खुलेको छ। यसरी मृ त्यु हुनेहरू उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका हुन्।

निधन हुने अर्का व्यक्ति एम्बुलेन्स चालक हुन्।
विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको मृ त्यु भएपछि को१त ९३६४ नंको एम्बुलेन्सबाट मृ तक लिएर आउने क्रममा पश्चिमबाट आउँदै गरेको ना२ख ९०८२ नंको ट्रकले एम्बुलेन्समा ठक्कर दिएपछि एम्बुलेन्समा सवार सबैको मृ त्यु भएको एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष मेहबुब आलमले बताए।

मृ त्यु हुनेमा बोक्सेका ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलाबहादुर राई, ३५ वर्षीय उद्धव राई र ३२ वर्षीय दिनेश राई रहेका छन् भने एम्बुलेन्स चालक त्रियुगा–७ राजाबासका राजेश दनुवारको पनि मृत्यु भएको एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष आलमले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरका अनुसार अहिले मृतक सबैको शव सुनसरीको इनारुवा अस्पतालमा राखिएको र फरार ट्रक चालकको खोजी भइरहेको सुनसरी प्रहरीलाई उद्धृत गर्दै बताए।

प्रतिक्रिया दिनुहोस्