नेपालीलाई उद्दार गरी स्वदेश फर्काउनका लागि शनिबार नेपाल एयरलाइन्सको विमान चाइना जाने भएको छ ।नेपाल नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिवार दिउँसो ३ बजे वुहान जाने भएको हो ।
नेपाल वायुसेवा निगमका अनुसार शनिवार उद्धारका लागि पठाइन लागेको जहानमा तीनजना चालकसहित नौ जनाको टोली हुने गरी तयारी गरिएको छ । नेपालबाट जाने विमानमा चारजना स्वास्थ्यकर्मीहरू पठाइन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनबाट विमान आइतबार बिहान सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । अवतरण गरेपछि जहाजले ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्ने छैन ।
चीनबाट ल्याइएका नेपालीलाई विमानस्थलमा कोरोना जाँच गरिने छ । कोरोनाको लक्षण देखिएकालाई टेकु अस्पतालको आइसोलेसनमा लगिने छ भने अन्यलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिरणमा राखिने छ ।
उनीहरुलाई दुई साता प्राधिकरणको क्वारेन्टाइनमा राखिने छ, त्यसक्रममा उनीहरुले आफ्ना अभिभावकसँग पनि भेटघाट गर्न पाउने छैनन् । क्वारेन्टाइन लागि सरकारले १ सय ९९ वेडको व्यवस्था गरिसकेको छ ।
चीनबाट नेपाली नागरिकको उद्धारका लागि सरकारले १२ करोड रुपैयाँ बजेट छुट्ट्याइसकेको छ ।दूतावासले गर्यो तीनवटा बसको व्यवस्थाचीनस्थित नेपाली दूतावासले वुहानको ३ वटा विश्वविद्यालयमा रहेका विद्यार्थीलाई विमानस्थलसम्म ल्याउनका लागि तीन वटा सवारी साधनको व्यवस्था गरेको छ जनाएको छ ।
वुहान क्षेत्रमा २ सय १५ जना जति नेपाली रहेपनि १ सय ८७ जनाले नेपाल फर्कन चाहेको दूतावास स्रोतले जानकारी दियो । विमानमा विद्यार्थीमात्र ल्याउने तयारी गरिएको भएपनि उनीहरुले भने आफ्ना सामान पनि स्वदेश लान पाउनुपर्ने माग दूतावाससँग गरेका छन् ।
कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्योचीनको हुबे प्रान्तमा कोरोना भाइरस सङ्क्रमण भएका २४२ जनाको बुधवार मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् ।
त्यहाँ कोभिड-१९ नाम दिइएको उक्त रोगको प्रकोप फैलिएपछि एकै दिनमा मृत्यु हुने मानिसको यो सर्वाधिक सङ्ख्या हो ।
नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्या पनि ह्वातै बढेको छ । त्यहाँ थप १४,८४० जनामा उक्त भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ यससँगै मृतकहरूको कुल सङ्ख्या १,३५० र सङ्क्रमण भएका बिरामीको सङ्ख्या झन्डै ६०,००० पुगेको छ।
प्रतिक्रिया