Logo

Exclusive : नायिका महिमाका भाइ भक्कानिदै भन्छन्,‘दुबई जान दिएको भए दिदीहरुको दुर्घटना हुने थिएन’ (भिडियो सहित)

नायिका महिमा सिलवाल एक कार्यक्रममा भाग लिन गत मंगलबार दुबई जाँदै थिइन् तर, विमानस्थलबाटै फर्किनु पर्‍यो। कारण थियो, अध्यागमन कार्यालयले उनलाई कामका लागि जान लागेको हुनसक्ने भन्दै श्रम स्वीकृती बिना जान दिएन। भाइ सञ्जयका अनुसार उनी दुई दिनमै नेपाल फर्किएर शुक्रबार बहिनीको इन्गेजमेन्टमा सहभागी हुन चितवन पुग्ने कार्यक्रम थियो। तर, बुधबार बेलुका सवारी दुर्घ टनामा परेर महिमा र उनकी बहिनी शर्मिलाले सदाका लागि संसा र छो डेका छन्। “दिदी हरु घर आउने बाटो कुरेका थियौँ तर, उहाँहरु कहिल्यै नआउने गरी जानुभयो।”

सञ्जयले भक्कानिँदै फोनमा भने। महिमा दुबई जान नपाएपछि उनी र बहिनी शर्मिला कान्छी बहिनी सविताको इन्गेजमेन्टमा सहभागी हुन बुधबार नै स्कुटरबाट भरतपुर महानगरपालिका–१२ स्थित घर जाँदै थिए। धादिङको गजुरी गाउँपालिका–२ चाम्बासमा महिमाले चलाएको स्कुटर र विपरीत दिशाबाट आएको बससँग ठोक्किँदा दिदी–बहिनीले संसार छोडे। सञ्जयका अनुसार बुधबार बिहान मात्रै उनको दिदीहरुसँग कुरा हुँदा दुबै जनाले त्यस दिन घर नआउने बताएका थिए। तर, दिउँसो फेरि फोन गरेर स्कुटरमा आउँदैछौँ भन्ने खबर गरे।

“जेठी दिदी दुबई जान पाएको भए वा बिहान भनेजस्तै काठमाडौँबाट नहिँडेको भए यस्तो घटना हुन्थेन होला,” सञ्जयले भने। महिमाले गजुरी पुगेपछि बुवा लिलाबहादुरलाई फोन गरेर आफूहरु घर आउँदै गरेको खबर दिएकी थिइन्। तर, त्यसको करिब पाँच मिनेटमै दुर्घ टना भयो। बुवासँग भएको त्यही कुराकानी नै घरपरिवारसँग भएको महिमाको अन्तिम बोली बन्यो। २०५९ सालमै आमा गुमाएपछि घरकी जेठी छोरी महिमाले तीन भाई बहिनीको रेखदेख गर्दै आएकी थिइन्। उनका अर्का भाई अष्ट्रेलियामा भएको हुँदा महिमाले कान्छी बहिनीको बिहेपछि आफू अधिकांश समय गाउँमै बस्ने आश्वासन भाइ संजयलाई दिएकी थिइन्।

“सानैमा आमा गुमाउँदा टुहु रो भएको थिएँ तर, माया गर्ने दिदीहरु हुनुहुन्थ्यो,” सञ्जयले भने, “अहिले त एकैपटक दुबै दिदी गुमाउनु पर्‍यो।” बुधबार साँझ पौने ६ बजेतिर महिमाले चलाएको बा९८प ७०५८ नम्बरको स्कुटरलाई भैरहवाबाट काठमाडौं आइरहेको लु२ख १३५ नम्बरको बसले ठक्क र दिएको थियो। गम्भी र घाईते महिमाको गजुरी स्वास्थ्य केन्द्रमा र शर्मिलाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा मृ त्यु भएको हो। प्रहरीका अनुसार स्कुटर र बस घुम्तीमा एकआपसमा ठोक्किएका थिए। प्रहरीले बस र चालकलाई नियन्त्र णमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्