Logo

आफ्नो बोली तोड्दै भागे सुदर्शन !

चलचित्र ‘म यस्तो गीत गाउँछु २’का निर्देशक सुदर्शन थापाले एक मिडियामा भनेका थिए, ‘जुनसुकै हालतमा पनि हामी रिलिज मिति फर्ने छैनौँ । बलिउड चलचित्रसँग डराएर भाग्ने परम्पराको अन्त्य गर्नुपर्छ ।’

तर, सुदर्शनको बोली लामो समय टिक्न सकेन । बिहिबार ट्रेलर रिलिज गर्दै उनले आफ्नो चलचित्रलाई एक साता पछाडि सारे । सुदर्शन डराएर नै आफ्नो चलचित्रको मिति फेरेको कुरामा शंका छैन् ।

म यस्तो गीत गाउँछु २ ले फागुन २३ गतेलाई रिलिज मिति पक्का गरेको थियो । तर, सोही दिन बलिउडको प्रतिक्षित चलचित्र बाघी ३ रिलिज हुने भएपछि सुदर्शनको मनमा ढ्याङ्गो ठोकिसकेको थियो । बाघी ३ को ट्रेलरमा नेपालमा पनि गज्जबको क्रेज बनाउँदा सुदर्शकको सात्तो गयो ।

त्यहीँ पनि खुबै नेपाली चलचित्रलाई माया गर्ने र नेपाली चलचित्रको भलो चाहाने पल्टिदै उनले भनेका थिए, ‘सधै विदेशी चलचित्रसँग भाग्ने हो भने हामीले त चलचित्र बनाउनै छोडे हुन्छ ।’ तर, आज उनी बाघी ३ कै कारण भगेका हुन् भन्नेमा शंका छैन् ।

सुदर्शनले आफ्नो बोली टिकाउन सकेनन् । आफूले बोलेको पुर्‍याउन सकेनन् । आफ्नो चलचित्रकमाथि उनले विश्वास गर्न सकेनन । बलिउड चलचित्रसँग डराए र भागे ।

तर, जुनसुकै मितिमा चलचित्र आएपनि यदि राम्रो विषय र राम्रो प्रस्तुती छैन् भने दर्शकले रुचाउने छैनन् भन्ने कुरालाई निर्देशक थापाले मनन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्