Logo

नेपालमै छ पर्वत र बागलुङ जोड्ने एसियाकै लामो झोलुङ्गे पुल, एक शेयर गरेर सबैलाई जानकारी दिनुहोला !

नेपाल सरकारले सन २०२० लाई भ्रमण वर्षका रूपमा मनाइरहँदा यसमा एउटा इँटा थप्ने आशा गरिएको पर्यटकीय गन्तव्यको रूपमा पर्वत र बागलुङ जिल्लालाई जोड्ने झोलुङ्गे पुल मानिएको छ । ५ सय ६७ मिटर लम्बाई र १ सय २२ मिटरको उचाइमा पर्वतको कुस्मा नगरपालिका-१ पाङको अदुवा बारी र बागलुङको बागलुङ नगरपालिका १ रामरेखा जोड्ने गरी शालिग्राम शिला पाइने नेपालकै एक मात्र नदी कालीगण्डकी माथि यो पुलको निर्माण भइरहेको छ।

पुलको निर्माण कार्य २०७७ सालको असार महिनासम्ममा सक्ने गरी ठेक्का सम्झौता भएको र तोकिएको समयअगावै काम सकिने पाङका वडाध्यक्ष देवेन्द्र सुवेदीले बताए। निर्माणका क्रममा सस्पेन्सन ब्रिज महाशाखा, बागलुङ नगरपालिका र कुस्मा नगर पालिकाले विशेष चासो र निगरानी गरेका कारण पनि तोकिएको समय भन्दा पहिले नै गुणस्तरीय रूपमा पुलको काम सकिने सुवेदीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्