Logo

खुसीको खबर : अब असारसम्म काठमाडौंमा मेलम्चीको पानी झर्छ , शेयर गर्नुहोला

सरकारले अबको चार महिनासम्ममा मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको छ । खानेपानी मन्त्री विना मगरले मेलम्ची आयोजनाबारे स्वेतपत्र जारी गर्दै असारसम्ममा मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन गर्ने घोषणा गर्नुभएको हो ।

स्वेतपत्रमा सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्मको आयोजना असारभित्रै सक्ने लक्ष्य छ । बाँध सक्नका लागि केही समय लागेपनि वैकल्पिक बाँधबाट असार मसान्तसम्ममा पानी झार्ने सरकारको योजना छ ।

इटालीको सीएमसीले काम छाडेर भागेपछि आयोजना अलपत्र बनेको थियो । आयोजनाको बाँकी काम एक वर्षभित्र सक्नेगरी चीनको सिनो हाइड्रोसँग सम्झौता गरेको थियो। आयोजनाले काम समयमा भए नभएको बारे मन्त्रालय र समितिले अनुगमन गरिरहेको जानकारी दिएको छ । हालसम्म २७ अर्ब ९४ करोड खर्च भएर ९४ प्रतिशत भौतिक काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्