Logo

रहिनन् चर्चित नेपाली नायिका, यसरी भयो दर्दनाक मृत्यु ? (भिडियो सहित)

नेपाली कला क्षेत्रले एक महान नायिका गुमाएको छ । बुधबार साँझ स्कुटी दुर्घटना हुँदा अभिनेत्री तथा मोडल महिमा सिलवाल र उनकी दिदी शर्मिला सिलवालको निधन भएको छ । गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नम्बरको बसले चितवनतर्फ जाँदै गरेका महिमा र शर्मिला सवार बा९८प ७०५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको थियो । घाइते महिमाको उपचारको क्रममा मृत्यु भएको थियो । यस्तै, घाइते शर्मिलाको काठमाडौंस्थित ट्रमा सेन्टर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–१३ गीतानगर निवासी शर्मिला र महिमा घर जाँदै थिए ।

चितवन जिल्लामा बहिनीको ‘इन्गेजमेन्ट’मा जाँदै गर्दा दु’र्घटना भएको थियो । पारिवारित स्रोतका अनुसार दुर्घटनामा निधन भएकी अभिनेत्री महिमाको ‘इन्गेजमेन्ट’ हुनेवाला थियो । ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार बस चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्