Logo

हार्दिक श्रदान्जली : कोरोना संक्रमितको उपचारमा १८ दिनसम्म लगातार खटेकि निडर चिकित्सकको मृ’त्यु !

चीनमा थप एक चिकित्सकको मृ’त्यु भएको छ। कोरोना भाइरस विरुद्धको लडाईमा अग्रपंक्तिमा रहेर बिरामीको उपचारमा निरन्तर १८ दिनदेखि खटिइरहेकि चिकित्सकको मृ’त्यु भएको चिनियाँ सञ्चार संस्था सिन्हवाले जनाएको छ। ५१ बर्षीया छु हुई नान्झियांग मेडिकल कलेजकि उप-प्रमुख थिइन्। उनी कोरोनाभाइरसबाट संक्रमित बिरामीहरूको उपचार गर्ने टोलीको सह प्रमुखका रुपमा काम गरिरहेकि थिइन्। लगातार १८ दिनसम्म बिरामीको उपचारमा खटिरहेकि उनको ‘अचानक’ मृ’त्यु भएको हो।

नान्झियांग अस्पतालले एक विज्ञप्ति जारी गर्दै छु हुई सबै चिकित्सकका लागि एक उदाहरणीय नेतृत्व भएको उल्लेख गरेको छ। आफ्नो ख्याल नगरि बिरामीको उपचारमा खटिएकि उनी ‘रोल मोडेल’ डाक्टर रहेको अस्पतालले जनाएको छ। घा’तक यस भाइरसबाट बिरामीको उपचारमा खटिएका चिकित्सकै समेत ज्या’न जा’ने गरेको छ। घा’तक भाइरस विरुद्धको लडाइमा चीनले अहिलेसम्म ८ जना चिकित्सक गु’माएको छ।

प्रतिक्रिया दिनुहोस्