Logo

भ्यालेन्टाइन डेमा पत्नि निकितासँगको तस्विर राख्दै दिए रबि ले यस्तो संदेश !

विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् ।

“विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट सम्बोधन गर्दछन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् ।

यसैबिच चर्चित संचारकर्मी रवि लामिछानेले पनि आफ्नी पत्नि निकिता पौडेलसँगको तस्विर सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै शुभकामना ब्यक्त गरेका छन् । रविले पत्नि निकितासँगको तस्विर पोष्ट गर्दै लेखेको स्टाटसमा १३ हजार भन्दा बढी लाइक आएका छन् भने करिब १ हजारले कमेन्ट गरेका छन् । रविले पोष्ट गरेको स्टाटस र तस्विरमा कमेन्ट गर्दै पत्नि निकिताले पति रविलाई यसरी प्रेम दर्शाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्