चीनमा कोरोना भाइरसको नियन्त्रण र रोकथामका निम्ति खटिएका ६ जना चिकित्सकको मृ’त्यु भएको खुलेको छ । त्यसैगरी १ हजार ७ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी उक्त भाइरसबाट सङ्क्रमित भएका छन् ।
वुहानमा कार्यरत १ हजार १ सय २ जना र हुवे प्रान्तका अन्य भागमा ४ सय स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । गत बिहीबार मात्रै थप १२० जनाको मृ’त्यु भएको थियो । यससँगै सो भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब १४ सय पुगेको छ। तर पछिल्लो दिनहरुमा चीनमा कोरोना भाइरसबाट संक्रमित हुने सङ्ख्याको दर भने कम हुँदै गइरहेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सङ्क्रमितहरूको सङ्ख्या ६३ हजार नौ सय २२ पुगेको छ।
प्रतिक्रिया