Logo

‘मिटर ब्याजी’ ठगी तथा आपराधिक विश्वासघात सम्बन्धि कसुरमा आरोपी रामबाबु राय यादव जे;ल चलान भएका छन् ।

ठगी तथा आपराधिक विश्वासघात सम्बन्धि कसुरमा अभियोगपत्र दर्ता भएको ‘मिटर ब्याजी’ आरोपी रामबाबु राय यादव कारागार चलान भएका छन् ।

अदालतले तोकेको धरौटीबापतको रकम बुझाउन नसकेपछि अदालतले यादवलाई सुनसरीको झुम्का कारागार चलान गरेको हो । सोमबार जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले आरोपी यादवलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर यादवले धरौटीबापतको रकम जम्मा नगरेपछि सोमबार साँझ नै झुम्का कारागार पठाइएको जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए ।

आरोपी यादवको अकुत सम्पत्तिको विषयमा छनविन गर्न सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा परेपछि अदालतले यादवको सम्पूर्ण सम्पत्ति रोक्का गरेको छ । सम्पत्ति रोक्का भएका कारण धरौटीबापतको रकम बुझाउन नसकिएको उनको भाइ लालबाबु राय यादवले बताए । ‘अदालतले धरौटीबापत १५ लाख मागेको छ,’ उनले भने, ‘यता सबै सम्पत्ति अदालतले रोक्का गरेको छ । त्यसैले धरौटी रकम जोहो गर्न नसकिएको हो ।’

ऋणीको धितो जग्गा बिक्री गरेर विचल्ली बनाएको, चर्को ब्याज असुली गरेको उजुरी परेपछि यादव गत २३ पुसमा हरिपुरबाट पक्राउ परेका थिए । यादवलाई २५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान पश्चात प्रहरीले सरकारी वकिलमार्फत गत शुक्रबार जिल्ला अदालतमा बुझाएको थियो । आइतबारबाट यादवसँग बयान लिन सुरु गरेको अदालतले सोमबार थुनछेकको बहस सम्पन्न गरी धरौटीमा रिहा गरी मुद्दा अगाडि बढाउन आदेश दिएको थियो ।

‘मिटर ब्याजी’ आरोपी यादवविरुद्ध २८ वटा निवेदनबाट २० करोड ४४ लाख बराबरको बिगो दावीसहित ठगी तथा आपराधिक विश्वासघात सम्बन्धिको कसुरमा अभियोगपत्र दर्ता गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । अर्का ‘मिटर ब्याजी’ आरोपी सञ्जय साह रौनियार भने अझै पक्राउ परेका छैनन् । रौनियार भारतमा लुकिछिपी बसिरहेको बताइएको छ ! यो खबर नया पत्रिका मा छ !

प्रतिक्रिया दिनुहोस्