Logo

हङकहङबाट काठमान्डौका लागी उडिरहेको जहाजमा आकाशमै बे’होस भएका खोटाङका राईको मृ’त्यु !

हङकहङबाट काठमान्डौका लागी उडिरहेको जहाजमा आकाशमै बे’होस भएका खोटाङका राईको मृ’त्यु !हङकहङबाट नेपाल वायुसेवाको जहाजमा काठमाडौंका लागि उड्दै गर्दा आकाशमै अ’चानक बे’होस भएका खोटाङका डिकप्रसाद राईको मृ’त्यु भएको छ।

नेपाल वायुसेवाको आरए ४१० विमानमा गत मंगलबार काठमाडौं उड्ने क्रममा म’स्तिष्काघात भएर बे’होस भएका ४९ वर्षीय राईको उपपचारका क्रममा शुक्रबार राति मृ’त्यु भएको हो। हङकङको प्रिन्स मार्गरेट अस्पतालको स’घन कक्षमा उपचाररत उनको शुक्रबार राति ८ बजे मृ’त्यु भएको उनका आफन्तसमेत रहेका किरात राई यायोख्खा हङकङका भूतपूर्व अध्यक्ष रजिन राईले बताए। ८० प्रतिशत मस्तिष्क न’ष्ट भई म’स्तिष्कमा र’गत ज’मेकाले उनलाई ब’चाउन नसकएिको उपचारमा सं’लग्न चिकित्सकलाई उद्धृत गर्दै रजिन राईले बताए।

आफन्त राईका अनुसार मृ’तकलाई यलुङ्छा परिवारले किरात राई परम्पराअनुसार हङकङमै दा’हसंस्कार गर्नेछ ।यलुङ्छा परिवारका डिकप्रसाद, राई यलुङ्छा परिवारका सदस्य पनि थिए। परिवारका अध्यक्ष जयराम राईले मृ’तकको सबै परिवार नेपालमै भएकाले हङकङमा उनको अ’न्त्येष्टि यलुङ्छा परिवारले गर्नेछ। नेपाली रा’हदानीवाहक डिकप्रसाद लामो समयदेखि हङ कङको युनलोङमा बसिरहेका थिए।

उनी गत मंगलबार हङकङबाट काठमाडौं जाने क्रममा विमानमा उडिरहेका बेला बे’होस भएका थिए। हङकङबाट करिब डेढ घण्टा उडिसकेको
विमान राई डिकप्रसाद बे’होस भएपछि हङकङमै फ’र्काएर आ’कस्मिक अवतरण गरी उनलाई अस्पताल लगिएको थियो। कतिपयले अहिले विश्वभर आ’तंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमणले यस्तो भएको को कि भन्ने आशंका गरे पनि त्यो गलत सा’बित भएको छ।

उनको मृ’त्यु र कोरोना भाइरसबीच कुनै सम्बन्ध नरहेको रजिन राईले बताए। डिकराजको उपचारका क्रममा रजिन डाक्टरसँग नियमित सम्पर्कमा थिए।

प्रतिक्रिया दिनुहोस्